
श्रीलङ्काको औपचारिक भ्रमणमा रहनुभएका राष्ट्रपति विद्यादेवी भण्डारीसँग श्रीलङ्काका पूर्वराष्ट्रपति चन्द्रिका बन्दरानायके कुमारतुङ्गाले कोलम्बोस्थित होटल हिलटनमा मङ्गलबार शिष्टाचार भेट गर्नुहुँदै । तस्बिर ः कोलोम्बो (श्रीलङ्कका), रासस
कोलोम्बो (श्रीलङ्कका), २ जेठ । श्रीलङ्काको औपचारिक भ्रमणमा रहनुभएका राष्ट्रपति विद्यादेवी भण्डारीसँग श्रीलङ्काका पूर्वराष्ट्रपति चन्द्रिका बन्दरानायके कुमारतुङ्गाले कोलम्बोस्थित होटल हिलटनमा आज शिष्टाचार भेट गर्नुभएको छ ।
सो अवसरमा राष्ट्रपति भण्डारीले सगरमाथाको देश नेपाल र ‘पूर्वको मोती’ श्रीलङ्काबीच शताब्दीऔँंदेखि सुमधुर सम्बन्ध रहेको बताउँदै आफ्नो भ्रमणले दुई देशबीचको मित्रता अझै प्रगाढ भई उचाइमा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
राष्ट्रपति भण्डारीले मित्रता र सहयोगको द्विपक्षीय सम्बन्ध सामाजिक, सांस्कृतिक र धार्मिक निकटताबाट अभिप्रेरित रहेको बताउँदै गौतम बुद्धको दर्शन र सन्देश दुई देश र यहाँ जनताका बीच सम्बन्ध स्थापनाका निमित्त आधारका रुपमा रहेको बताउनुभयो ।
उहाँले नेपालमा ठूलो राजनीतिक परिवर्तनपछि बनेको समावेशी संविधानले महिला र पिछडिएका समुदायको अधिकार स्थापित भएको उल्लेख गर्दै यसलाई व्यवहारमा परिणत गर्न सरकार निर्वाचनमार्फत संविधानको कार्यान्वयनमा लागिपरेको बताउनुभएको सामान्य प्रशासन मन्त्री केशवकुमार बुढाथोकीले जानकारी दिनुभयो ।
सो अवसरमा श्रीलङ्काका पूर्वराष्ट्रपति कुमारतुङ्गाले नेपाल र श्रीलङ्काबीच आपसी विश्वास र सद्भावको विकास बढेर गएको बताउँदै नेपालको हित र विकासमा श्रीलङ्का सरकार सदैव साथमा रहने विश्वास व्यक्त गर्नुभयो ।
चन्द्र उडानपछि फर्किंदै आर्टेमिस टोली
पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकलाई बिहीबारभित्र अनुसन्धान पूरा नभएमा हिरासत मुक्त गर्न सर्वोच्चको आदेश
इरान र अमेरिकाबीच ४५ दिने युद्ध विराम प्रस्ताव
नेपाल पत्रकार महासङ्घ र सञ्चारमन्त्री तिमिल्सिनाबीच सरकारी विज्ञापनसम्बन्धी छलफल
नेपालमा लगानीको लागि अभिप्रेरित गर्न विश्वमा छरिएर रहेका नेपालीहरूलाई राष्ट्रपति पौडेलको आग्रह
जितबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानद्वारा विभिन्न पुरस्कार घोषणा
लन्डन दूतावासमा २५ अप्रिलमा नेपाली बालबालिकाका लागि ‘वान चाइल्ड, वान प्लान्ट’ कार्यक्रम हुने
संसद्मा रवि लामिछानेको उद्घोष – ‘एकपटकको नेपाली सधैंको नेपाली’को वाचा पूरा गरेरै छाड्छौं
भूपू गोर्खाहरूलाई नागरिकको दर्जामा राख्न नेपाल सरकारसँग सांसद हर्कराज राईको माग
नेपालमा हवाई इन्धनको मूल्य बढ्यो, अमेरिकामा पेट्रोलको मूल्य सन् २०२२ यताकै उच्च