
श्रीलङ्काका महिला तथा बालबालिका मन्त्रालयले कोलोम्बोमा आयोजना गरेको महिला सशक्तिकरण कार्यक्रमका सहभागी हुनुभएका राष्ट्रपति विद्यादेवी भण्डारीलाई उपहार प्रदान गर्नुहुँदै श्रीलङ्काका महिला तथा बालबालिका मन्त्री चन्द्रानी बन्दरा । तस्बिर ः विशेष प्रतिनिधि शीतल महतो, कोलम्बो, रासस
कोलोम्बो (श्रीलङ्का), १ जेठ । श्रीलङ्काको औपचारिक भ्रमणमा रहनुभएकी राष्ट्रपति विद्यादेवी भण्डारी श्रीलङ््काका महिला तथा बालबालिका मन्त्रालयले आज कोलोम्बोमा आयोजना गरेको महिला सशक्तीकरण कार्यक्रममा सहभागी हुनुभयो ।
सो अवसरमा उहाँलाई श्रीलङ्काका महिला तथा बालबालिका मन्त्री चन्द्रानी बन्दराले स्वागत गर्दै उपहार प्रदान गर्नुभएको थियो । कार्यक्रममा राष्ट्रपति भण्डारीलाई बाजागाजासहित श्रीलङ्काली मौलिक नाच प्रदर्शन गरेर स्वागत तथा सम्मान गरिएको थियो ।
सो अवसरमा सामान्य प्रशासनमन्त्री केशवकुमार बुढाथोकीले कुनै पनि मुलुकको सर्वाङ्गीण विकासका लागि महिला सशक्तीकरण हुनुपर्नेमा जोड दिँदै दक्षिण एसियाली मुलुकमा साझा समस्याका रुपमा रहेको महिलामाथिको विभेद न्यूनीकरण गर्न साझा प्रयासको खाँचो रहेको बताउनुभयो ।
शान्ति, स्थिरता र विकासका लागि संविधान कार्यान्वयन आवश्यक भएकाले नेपाल सरकार यस कार्यमा लागिपरेको चर्चा गर्दै महिला सशक्तीकरणका क्षेत्रमा नेपालले हासिल गरेको उपलब्धिका बारेमा जानकारी गराउनुभयो ।
कार्यक्रममा श्रीलङ्काकी महिला तथा बालबालिका कल्याणमन्त्री चन्द्रानी बन्दाराले महिला सहभागिता र सशक्तीकरणका लागि नेपालको नयाँ संविधान उदाहरणीय भएको बताउँदै अरु देशले पनि त्यसको अनुशरण गर्नुपर्नेमा जोड दिनुभयो ।
बेलायतद्वारा रुसको प्रतिबन्धित तेल ट्याङ्कर नियन्त्रणमा
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा
फिफा विश्वकप फुटबल : स्कटल्याण्डले हाइटीलाई हरायो
नेपाली दूतावास लन्डनले २८ जुनमा स्वीन्डनमा घुम्ती शिविर सञ्चालन गर्ने [सूचनासहित]
तमु धीं यूकेको १७औँ नेपाली मेला अगस्ट ३० मा, एम्बासडर कपदेखि सांस्कृतिक प्रतिस्पर्धा हुने
भूपू ब्रिटिश गोर्खाको मुद्दामा लन्डन दूतावासमा उच्चस्तरीय वार्ता
भूपू गोर्खा मुद्दाबारे बेलायत र नेपालका मन्त्रीको उपस्थितिमा आज लन्डनमा वार्ता
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल
सबैले सेयर किनी नेपाली भिलेज यूके ऐतिहासिक परियोजना सफल पार्न आह्वान
उत्तरी आयरल्याण्डलगायत क्षेत्रमा अशान्ति, सतर्क रहन बेलायतवासी नेपालीलाई एनआरएनए यूकेको अपिल