लन्डन । लन्डनमा सप्ताहन्त आयोजित ‘एभरेष्ट कप’ प्रतियोगिताको पहिलो उपाधि मंगोलियन भान्जाले जितेको छ । १६ युवा टिम सहभागी उक्त प्रतियोगितामा ब्रिगेड ब्वाइज क्लब रनरअप भयो । सहारा यूकेले गरेको ‘९ ए साइड फुटबल प्रतियोगिता’ मा वेष्ट प्लेयर किरण राई र टप स्कोरर सौगात गुरुङ भए ।
फेल्थाम कम्युनिटी कलेज ग्राउण्डमा भएको प्रतियोगिता एनआरएनए युरोप कोअर्डिनेटर कुल आचार्यले उद्घाटन गरेका थिए । एभरेष्ट कप कुल आचार्यले प्रायोजन गरेका हुन् भने आचार्यले प्रतियोगितामा ५ सय पाउण्ड समेत प्रायोजन गरे ।
प्रथम हुने टिमले १७ सय पाउण्ड नगद र ट्रफी प्राप्त गरयो जसको प्रायोजन एभरेष्ट होलसेल डिलरका एबी गुरुङले गरेका थिए भने रनर अप टिमले ७ सय पाउण्ड र ट्रफी पायो जसको प्रायोजन पिपल मोर्गेजका सूर्य गुरुङले गरेका थिए । वेष्ट प्लेयरको प्रायोजन गोर्खा बुलियनका प्रशान्त थापाले गरे । विजेता टिम र खेलाडीलाई प्रायोजकहरुले पुरस्कार दिए ।
प्रतियोगिताको संयोजन स्पोर्टस सेक्रेटरी मनोज गुरुङले गरेका थिए भने टिम व्यवस्थापन र कन्ट्रोल उपाध्यक्ष कुमार गुरुङले गरेका थिए ।
कार्यक्रममा सहारा यूकेका अध्यक्ष मिनबहादुर गुरुङ ‘साइंला’ ले प्रायोजक र सबै सहयोगीलाई धन्यवाद दिए । अध्यक्ष गुरुङले प्रतियोगिताबाट बचेको रकम सिन्धुपाल्चोकमा निर्माणाधिन स्कुल बनाउन खर्च गरिने जनाए । उक्त विद्यालय निर्माणका लागि हाल सम्म ८ हजार पाउण्ड संकलन भएको छ ।
प्रतियोगिता हेर्न एनआरएनए आइसीसी सल्लाहकार डमर घले, एनआरएनए यूके संरक्षक सूर्य गुरुङ, तमुधिं यूके अध्यक्ष ज्ञाम गुरुङ, व्यवसायी विराज भट्ट, कृष्ण भट्ट लगायत दर्शकहरुको सहभागिता थियो ।
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित
अमेरिकी एयरलाइन्सले एक हजार उडान रद्द गर्यो, सरकारी बन्दको असर बढ्दै
हङकङ इन्टरनेशनल सिक्सेस प्रतियोगिता : नेपालद्वारा भारत ९२ रनले पराजित
नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री अफताव आलमको निधन
११ राजदूत फिर्तासँगै परराष्ट्रकै कर्मचारीलाई तोकियो कार्यवाहक, बेलायतमा दुवाडी
बेलायतमा ८ नोभेम्बरमा जीआरएनसीको ‘रिमेम्बरेन्स डे’समारोह
बेलायतसहित देशका नेपाली राजदूत फिर्ता बेलाउने सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
नेपाल बाहिर रहेका नेपालीलाई मतदान अधिकार प्रदान गर्ने विषयमा छलफल
नेपाल सरकार मन्त्रिपरिषद्द्वारा जेनजी आन्दोलनका मृतक ४५ जनालाई सहिद घोषणा [नामावलीसहित]
नेपालका राष्ट्रपति पौडेल कतारतर्फ प्रस्थान