लन्डन । लन्डनमा सप्ताहन्त आयोजित ‘एभरेष्ट कप’ प्रतियोगिताको पहिलो उपाधि मंगोलियन भान्जाले जितेको छ । १६ युवा टिम सहभागी उक्त प्रतियोगितामा ब्रिगेड ब्वाइज क्लब रनरअप भयो । सहारा यूकेले गरेको ‘९ ए साइड फुटबल प्रतियोगिता’ मा वेष्ट प्लेयर किरण राई र टप स्कोरर सौगात गुरुङ भए ।
फेल्थाम कम्युनिटी कलेज ग्राउण्डमा भएको प्रतियोगिता एनआरएनए युरोप कोअर्डिनेटर कुल आचार्यले उद्घाटन गरेका थिए । एभरेष्ट कप कुल आचार्यले प्रायोजन गरेका हुन् भने आचार्यले प्रतियोगितामा ५ सय पाउण्ड समेत प्रायोजन गरे ।
प्रथम हुने टिमले १७ सय पाउण्ड नगद र ट्रफी प्राप्त गरयो जसको प्रायोजन एभरेष्ट होलसेल डिलरका एबी गुरुङले गरेका थिए भने रनर अप टिमले ७ सय पाउण्ड र ट्रफी पायो जसको प्रायोजन पिपल मोर्गेजका सूर्य गुरुङले गरेका थिए । वेष्ट प्लेयरको प्रायोजन गोर्खा बुलियनका प्रशान्त थापाले गरे । विजेता टिम र खेलाडीलाई प्रायोजकहरुले पुरस्कार दिए ।
प्रतियोगिताको संयोजन स्पोर्टस सेक्रेटरी मनोज गुरुङले गरेका थिए भने टिम व्यवस्थापन र कन्ट्रोल उपाध्यक्ष कुमार गुरुङले गरेका थिए ।
कार्यक्रममा सहारा यूकेका अध्यक्ष मिनबहादुर गुरुङ ‘साइंला’ ले प्रायोजक र सबै सहयोगीलाई धन्यवाद दिए । अध्यक्ष गुरुङले प्रतियोगिताबाट बचेको रकम सिन्धुपाल्चोकमा निर्माणाधिन स्कुल बनाउन खर्च गरिने जनाए । उक्त विद्यालय निर्माणका लागि हाल सम्म ८ हजार पाउण्ड संकलन भएको छ ।
प्रतियोगिता हेर्न एनआरएनए आइसीसी सल्लाहकार डमर घले, एनआरएनए यूके संरक्षक सूर्य गुरुङ, तमुधिं यूके अध्यक्ष ज्ञाम गुरुङ, व्यवसायी विराज भट्ट, कृष्ण भट्ट लगायत दर्शकहरुको सहभागिता थियो ।
विश्वकप फुटबलः फ्रान्सद्वारा स्विडेन पराजित
बेलायतमा ए–स्टार नेपाल बास्केटबल लिग’को फाइनल जुलाई ४ मा, टिकट बिक्री सुरु
महान्यायाधिवक्ता डा कँडेल नेपाल–बेलायत आवतजावतको अभिलेख झिकाउन सर्वोच्चको आदेश
विश्व पर्या कविता प्रतियोगिता–२०२६ का लागि ३० डिसेम्बरसम्ममा रचना पठाउन आह्वान
एमाले उपाध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री विष्णुप्रसाद पौडेल थप तीन दिन थुनामा
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
अभिव्यक्ति श्रृंखलामा स्रष्टा चिम्खोले काइँलाले सुनाए सृजना
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने