पेरिस (फ्रान्स), ३१ वैशाख । फ्रान्सको इतिहासमा सबैभन्दा कम उमेरमा राष्ट्रपतिमा हालै निर्वाचित हुनुभएका इमानुएल म्याक्रोँले आइतबार पद तथा गोपनियताको सपथग्रहण गर्नुभएको छ ।
मध्यमार्गी नेता म्याक्रोँले गत आइतबार भएको निर्वाचनमा दक्षिणपन्थी नेता मरिन ले पेनलाई दोस्रो चरणको निर्वाचनमा पराजित गरी राष्ट्रपतिमा निर्वाचित हुनुभएको थियो ।
निर्वाचन परिणाम आएको ठिक एक हप्तापछि म्याक्रोँले फ्रान्सको राष्ट्रपतिका रुपमा कार्यभार सम्हाल्नुभएको हो ।
फ्रान्सको एलिसी प्यालेसमा पूर्व राष्ट्रपति अलान्दले नवनिर्वाचित राष्ट्रपतिलाई स्वागतपछि केही समय गोप्य वार्ता गर्नुभएको थियो । त्यसपछि म्याक्रोँलाई फ्रान्सको आणविक भण्डार सञ्चालन गर्ने आचारसंहिता सहितको पदभार औपचारिक रूपमा हस्तान्तरण गर्नुभएको थियो ।
म्याक्रोँलाई पूर्वराष्ट्रपति अलान्दले राजनीतिक यात्राको सुरुवात आफ्नै आर्थिक सल्लाहकारका रुपमा नियुक्त गरी सुरु गराउनुभएको थियो । उहाँलाई पछि अर्थमन्त्री बनाउनसमेत अलान्दको मुख्य भूमिका थियो ।
पदभार ग्रहण गर्नुपूर्व कन्तिच्युसनल काउन्सिलका लरेन्ट फेबिअसले निर्वाचनको परिणाम औपचारिक रुपमा घोषणा गर्नुभएको थियो । म्याक्रोँ युरोपियन युनियन आवद्ध सदस्य राष्ट्रसँग आफ्नो मध्यमार्गी नीतिका कारण लोकप्रिय मानिनु हुन्छ ।
सपथपछि उहाँले दिनुभएको छोटो मन्तव्यमा विश्व र युरोपले फ्रान्सलाई पहिलेभन्दा बढी मजबुत र भाग्यशाली भएको देख्न चाहेको बताउनुभयो । सपथग्रहणको औपचारिक कार्यक्रमपछि उहाँलाई २१ तोपको सलामी दिई स्वागत गरिएको थियो ।
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
नेपाल सरकार र जेनजी प्रतिनिधिबीचको सम्झौता मन्त्रिपरिषद् बैठकबाट अनुमोदन
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालमा थप चार मन्त्री नियुक्त