लन्डन । किराँत राई यायोक्खा बेलायतले किरात राईहरुको महान पर्व उभौली साकेला शनिबार किरात राई हाउस गेम्बललेनमा गरेको छ । शिलिहाङ्पा र नक्छुङ किताब लेखक शेर राईले साकेला थानमा भूमे पूजा गरेर साकेला सिली सुरुवात गरेपछि किरांत राई यायोख्खा युके कार्यसमितिलगायत बेलायतको प्रारम्भिक कार्यसमितिका अध्यक्ष र प्रतिनिधि समूहले संयुक्त रुपमा भूमे पूजा गरेपश्चात औपचारिक कार्यक्रम शुरुवात भएको थियो ।
साकेला शिली प्रदर्शन तथा प्रतियोगिताका लागि सबै प्रारम्भक कार्यसमितिहरुले आ आफ्नो साकेला शिली प्रदर्शन गरेर प्रतियोगितामा सहभागिता जनाएका थिए । प्रतियोगितामा ग्रेटर रसमोर प्रथम, आसफोर्ड दोस्रो र ग्रेस तेस्रो भएका थिए।
कार्यक्रमका प्रमुख अतिथि बेलायतका लागी नेपाली राजदूत डा. दुर्गा बहादुर सुवेदीले किराँत इतिहासको चर्चा गर्दै किराँत राई जातिलाई अलग्याएर नेपाल कहिले पूर्ण नहुने र नेपालको सबै पर्वहरुको उतिकै महत्व भएपनि किराँत राई संस्कृति र सभ्यता संसारकै उत्कृष्ट रहेकाले यसलाई संरक्षण र संवर्धन गरिनु पर्नेमा जोड दिए । किराँत राई यायोक्खाले बेलायतमा आफ्नै साकेलास्थल किनेकामा खुसी व्यक्त गर्दै राजदूतले यहाँ सामुदायिक भवन बनाउंदा राम्रो हुने र यस्तो अभियान चलाए दूतावासको तर्फबाट सक्दो सहयोग गर्ने वचन दिए ।
अर्का अतिथि गिलफोर्ड बोरो काउन्सिलका डेपुटी मेयर माइक पर्सनले साकेलाको अवसरमा सबै राईहरुलाई शुभकामना दिंदै कार्यक्रममा सहभागिता हुन पाएकोमा खुसी व्यक्त गरे ।
किराँत राई यायोक्खा बेलायतका अध्यक्ष पदमबहादुर राई (बीइएम) ले कार्यक्रममा सहभागी सबै विशिष्ट पाहुनाप्रति आभार प्रकट गर्दै डा. दुर्गाबहादुर सुबेदी राजदूत भएर युके आएसँगै बेलायती भूमिमा नेपाल सरकारको उपस्थितिको प्रत्याभूति भएको बताए ।
कार्यक्रममा एनआरएनए युके अध्यक्ष मुच्छेत्र गुरुङ, किराँत राई यायोक्खा नेपालका पूर्व अध्यक्ष यशोधा राई, बिजिडब्लुएस रेडियोका डाइरेक्टर सोनाम छिरिङ शेर्पा, तामाङ समाजका अध्यक्ष श्रीमती अन्जु योन्जन, किराँत याक्थुङ चुम्लुङ युकेका अध्यक्ष काजीमान याक्सो लिम्बु, तमुधिं युकेका अध्यक्ष ज्ञाम गुरुङ, मगर संघ युकेका अध्यक्ष नेम थापालगायत अन्य जातीय संस्थाका अध्यक्षहरु, जेष्ठ नागरिक (पुर्खा) बिर्ख राई, नेपालदेखि बेलायतमा सांगीतिक कार्यक्रमका लागि आएका कलाकारहरु दमन रुपाखेती, पारबन राई, गायिका कला राई, गायिका बिष्णु चेम्जोङ र खेलाडी एवं नायक राजकुमार राई अतिथिका रुपमा उपस्थित थिए ।
हजारौं किराँत र गैर किराँतहरुको उपस्थिति रहेको उक्त साकेला उभौलीमा इमिडिया हब लिमिटेड युकेसहित ब्यापारिक र खाना एवं अन्य स्टलहरु राखिएका थिए । कार्यक्रमको सुरक्षा र कार पार्किङको ब्यवस्थापनका लागि गोर्खा सेक्युुरिटी लिमिटेडले तीन दर्जन बढी सुरक्षाकर्मी उपलब्ध गराएर कार्यक्रममा सुरक्षा प्रदान गरेको थियो ।
साकेला उभौली २०१७ का संयोजक उपाध्यक्ष क्याप्टेन सुमन चन्द्र राईले सुम्निमा पारुहाङको आर्शीवादले कार्यक्रम अत्यन्तै सफल र सुरक्षित रुपमा सम्पन्न भएको जानकारी दिंदै सम्पूर्ण उपस्थित सहभागी साथै कार्यक्रम आयोजना गर्न प्रत्यक्ष अप्रत्यक्ष सहयोग गर्ने सबैमा धन्यवाद ज्ञापन गरे ।
औपचारिक कार्यक्रममा किराँत राई यायोक्खा बेलायतका वरिष्ठ उपाध्यक्ष श्रीमती कल्पना राईले स्वागत मन्तब्य दिंदै सबै सहभागी र अतिथिहरुको स्वागत गरेकी थिइन् । उक्त कार्यक्रम सह-महासचिव श्रीमती चन्द्रवती राईले सञ्चालन गरेकी थिइन् ।
एनआरएनए यूकेले वंशजको नागरिकता निरन्तरता सुनिश्चित गर्न दबाबमूलक कार्यक्रम अघि बढाउने
बेलायतमा गोर्खा पिस फाउन्डेशनले आगामी जुन ७ मा ‘गोर्खा वाक’ आयोजना गर्ने
बुद्ध जयन्ती मनाउन खेन्पो शेर्पा आइपुगे लन्डन
युरोपवासी सापकोटा भरतपुर महानगरको अन्तर्राष्ट्रिय पर्यटन प्रवर्द्धकमा नियुक्त
नेपालमा निजामती कर्मचारीको तलब १५ दिनमा भुक्तानी सुरु
गैरआवासीय नेपाली ऐनसम्बन्धी मस्यौदा आगामी संसद् अधिवेशनमा प्रस्तुत गर्ने परराष्ट्रमन्त्री खनालको प्रतिबद्धता
गोर्खा सैनिक र उनीहरुका सन्ततिको नागरिकता निरन्तरताबारे नेपालका राष्ट्रपति पौडेललाई बुझाइयो ज्ञापनपत्र
बेलायतवासी युद्ध साहित्यकार काङमाङ नरेश राईलाई ‘प्रज्ञा अन्तर्देशीय पुरस्कार-२०८२’ प्रदान गरिने
तमु प्ये ल्हु संघ यूकेको टोलीद्वारा क्होला अध्ययन-अवलोकन भ्रमण सम्पन्न
पुस्तक चर्चाः कामी शेर्पाका सगरमाथामा ६ पाइला