लण्डन । सगरमाथा चढ्ने ज्येष्ठ आरोहीको विश्व कीर्तिमान कायम गर्ने उद्देश्य राखेर सगरमाथा चढ्न जाँदा बितेका स्वर्गीय मीनबहादुर शेरचनको शोकसभा सम्पन्न भएको छ । अल्डरसटस्थित ‘द पालेस’ मा भएको सो शोकसभाको आयोजना मीनबहादुर शेरचन ८६ सगरमाथा आरोहण सहयोगार्थ समितिले गरेको थियो । कार्यक्रम समितिका संयोजक तेज राम्जालीमगरले गरेका थिए ।
कार्यक्रममा शेरचनको सगरमाथा आरोहणका आयोजक संस्थाहरु एनआरएनए युकेका अध्यक्ष मुच्छेत्र गुरुङ, मगर संघ युकेका अध्यक्ष नेम थापा, एनआरएन युकेका संरक्षक सूर्य गुरुङ, थकाली सेवा समाजका उपाध्यक्ष तथा म्याग्दी प्रवासी नेपाली संघ युकेका अध्यक्ष कमलप्रसाद पुर्जाले स्वर्गीय शेरचनको सम्झनामा दीप प्रज्वलन गरेका थिए ।
थकाली सेवा समाजका पूर्व अध्यक्ष रेशम शेरचनले स्वर्गीय मीनबहादुर शेरचनको जीवनी वाचन गरेका थिए । कार्यक्रममा स्वर्गीय शेरचनको स्मरणमा दुई मिनेट मौनधारण गरिएको थियो । कार्यक्रम समितिका सचिव टंक शेरचनले चलाएका थिए ।
स्मरण रहोस् स्वर्गीय शेरचनको सगरमाथा आरोहणका लागि युकेबाट उल्लेखनीय सहयोग संकलन गरिएको थियो । ८६ वर्षीय शेरचनको गत शनिबार सगरमाथा आधार शिविरमा देहान्त भएको थियो ।
सत्य बोल्ने साहस: नोबेल विजेता रिगोबर्टाको कथा
एकीकरण भयो राप्रपा र राप्रपा नेपाल
ड्यालसमा महावाणिज्यदूतावास खुलेसँगै सेवाग्राहीलाई राहत
चलचित्र ‘डिजिटाइजेसन’का लागि बोर्डद्वारा आवेदन आह्वान
‘भोजपुर प्रतिभा सम्मान’ राईलाई र पुरस्कार गन्धर्वलाई प्रदान गर्ने भोजपुर प्रतिभा प्रतिष्ठान बेलायतको निर्णय
पेनिबा : युवाको प्रतिनिधि कथाहरू
बुद्धि तामाङ निर्देशित नाटक ‘मिलारेपा’आगामी ८ मार्चमा बेलायतमा मञ्चन हुने
जनवरी १ मा लन्डनमा टोपी दिवस मनाइने
इराकमा कार्यरत नेपालीलाई अभिलेखीकरणमा ल्याउने नेपाल सरकारको निर्णय अत्यन्त स्वागतयोग्य : एनआरएनए
रास्वपा सभापति र काठमाडौं महानगर प्रमुखबीच राजनीतिक सहमति, भावी प्रधानमन्त्रीको उम्मेदवार बालेन्द्र शाह