लण्डन । एनआरएनए युकेको सदस्य बन्न यसपटक २५ पाउण्ड लाग्ने भएको छ । काठमाडौँमा बन्दै गरेको एनआरएन भवन निर्माणका लागि रकम जुटाउन एनआरएन केन्द्रले नै यसपटक सदाको शुल्कमा १० अमेरिकी डलर बढाएर सदस्यता शुल्क लिने निर्णय गरेपछि सो शुल्क बढेको हो ।
सोअनुसार एनआरएनए युकेको आइतबार अल्डरसटमा सम्पन्न बैठकले यसपटक सदस्यता शुल्क २५ पाउण्ड बनाउने निर्णय गरेको छ ।
यसैगरी, अध्यक्ष मुछेत्र गुरुङको अध्यक्षतामा सम्पन्न बैठकले आगामी सेप्टेम्बर ९ मा हुने एनआरएनए युकेको अधिवेसनमा निर्वाचन कार्यक्रम सम्पन्न गर्न डा.चन्द्र लक्सम्बा, रामशरण सिंखडा, विजन भट्ट, कृष्ण भट्ट, पूर्ण लोक्सम, सुमाया राई र दुत पुन रहेको निर्वाचन समिति गठन गरेको उपाध्यक्ष योगकुमार फगामीले जानकारी दिए । सो समितिलाई निर्वाचन विधि संचालन गर्न कार्यसमितिले आचारसंहिता दिने बताइएको छ ।
यस्तै, जुलाइ अन्त्यमा जर्मनीमा हुने एनआरएनए युरोप क्षेत्रीय भेलामा युकेबाट सक्दो सहभागिता जनाउने पनि निर्णय गरिएको छ । यसैगरी, यही मे २१ मा हुन लागेको नेपाल पत्रकार महासंघ युकेको च्यारिटी डिनरमा एनआरएनए युकेले सक्दो सहभागिता जनाई दुईवटा टेबल बुक गर्ने पनि बैठकमा छलफल भएको छ ।
बैठकले बुद्ध फाउण्डेशन यूके र कपिलवस्तु समाज यूकेको संयुक्त आयोजना एवं एनआरएनए यूकेको सहयोगमा आगामी ४ जुन आइतबार बुद्ध वृद्धाश्रम निर्माणका लागि प्लमस्टिड एसियन कम्युनिटी हलमा हुन लागेको च्यारिटीमा एनआरएनए यूके उपाध्यक्ष हिराधन राईलाई संयोजक तोकेको छ । उक्त च्यारिटी सांझ ५ देखि राती ११ बजेसम्म हुंदैछ ।
एनआरएनए आइसीसी केन्द्रको पर्यटन नेपाल भित्रयाउने अभियान ‘अतिथी देवो भव’ लाई एनआरएनए यूकेले समेत समर्थन गर्दै सचिव कृष्ण तिवारीलाई संयोजक र उपाध्यक्ष शान्ति थापा मगर एवं कोषाध्यक्ष दीपक श्रेष्ठलाई सदस्य तोकेको छ ।
बैठकमा कोषाध्यक्ष दीपक श्रेष्ठले संस्थाको हालसम्मको आर्थिक कारोवार सम्वन्धि प्रतिवेदन पेश गरेका थिए । बैठकले संस्थाको उक्त आय व्याय विवरण लेखा परिक्षणका लागि अस्मिता एण्ड एसोसिएट्सका एलएन पाण्डेलाई दिने निर्णय गरेको छ ।
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने
यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा प्रवेशमा रोक
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायतको अल्डरसटमा नेपाली दूतावासको घुम्ती शिविर, राहदानी र कन्सुलर सेवा एकै ठाउँमा