लन्डन । एलबीएस फिल्म प्रोडक्सन युके नेपालको ब्यानरमा निर्मित युकेमा छायांकन गरिएको चलचित्र ‘ब्ल्याक समर’ अब प्रदर्शनका लागि तयार भएको छ । आधुनिक प्रविधि प्रयोग गरेर बनाइएको सो चलचित्रको लेखन, पटकथा र निर्देशन एलबी सुब्बाको छ । यस चलचित्रमा रीमा बिश्वकर्मा, रितेश चाम्स र अमिसा राईको मुख्य भूमिका छ भने सपना श्रेष्ठ, ज्यासाङ लिङदेन, दीपक गुरुङ (प्याटमेन) लगायत मनिष श्रेष्ठ, सनमकुमार बैराग र यूट्युबमा चर्चा कमाएका युवाहरुको ढुकढुकी हांस्य कलाकार अबिर लिम्बु (भ्याक्सो) को जोडदार अभिनय रहेको छ ।
राम कुमार केसी र प्रतिक दुदराजले छायांकन गरेको यस चलचित्रमा सम्राट बस्नेतले द्वन्द्व निर्देशन गरेका छन् । जानु काम्बाङ लिङदेन, नरेश भट्टराई र अनिला राईको फरकफरक स्वादमा गीतको शब्द रचना छ भने स्वर अमृता लिम्बु, श्रेया सोताङ साथै संगीत तारा प्रकाश लिम्बु, उदेश श्रेष्ठको छ । यस चलचित्रका निर्माताहरुमा तारा दुमी राई, प्रतिमा दुदराज, सरस्वती ज्ञावली, टिया गुरुङ, विजय लिङथेप आदि छन् ।
युवाहरुको जनजीवनमा आधारित यो चलचित्र त्रिकोणात्मक प्रेमकथा, सस्पेन्स र थ्रिलर रहेको निर्माताको भनाइ छ । चलचित्रलाई अर्जुन जिसीले सम्पादन गरेका छन् । एलबी सुब्बाद्वारा निर्देशित यो तेस्रो ठूलो पर्दाको चलचित्र हो । हङकङमा रहंदा कुलतमा फंसेका युवाहरुको कथामा आधारित चलचित्र ‘कहीं दिन कहीं रात’ र युकेमा ‘निर्दोष’ जस्ता चलचित्र उनले बनाएका छन् ।
चलचित्र ‘ब्ल्याक समर’ २४ जुनमा रेडिङ युनिभर्सिटीको हलमा रेड कार्पेट प्रिमियर सो हुँदैछ, त्यसपश्चात युकेका विभिन्न ठाउं र नेपालमा प्रदर्शन हुने बताइएको छ ।
विश्वकप फुटबलः फ्रान्सद्वारा स्विडेन पराजित
बेलायतमा ए–स्टार नेपाल बास्केटबल लिग’को फाइनल जुलाई ४ मा, टिकट बिक्री सुरु
महान्यायाधिवक्ता डा कँडेल नेपाल–बेलायत आवतजावतको अभिलेख झिकाउन सर्वोच्चको आदेश
विश्व पर्या कविता प्रतियोगिता–२०२६ का लागि ३० डिसेम्बरसम्ममा रचना पठाउन आह्वान
एमाले उपाध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री विष्णुप्रसाद पौडेल थप तीन दिन थुनामा
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
अभिव्यक्ति श्रृंखलामा स्रष्टा चिम्खोले काइँलाले सुनाए सृजना
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने