इशाले दिइन् क्यान्सर पीडितलाई ३ लाख ४५ हजार

लन्डन । बेलायतस्थित समाजसेवी इशा गुरुङले क्यान्सर पीडित पोखरेली एक युवतीको उपचारार्थ ३ लाख ४५ हजार उठाइ परिवारलाई हस्तान्तरण गरेकी छन् ।

क्यान्सर पीडित १९ वर्षीया प्रिया गुरुङको उपचारार्थ उनले फेसबुक अभियानमार्फत बेलायतसहित विभिन्न मुलुकबाट रकम संकलन गरि प्रदान गरेकी हुन् ।

इशा गुरुङकी ठूली दिदी धनमाया गुरुङ र लक्ष्मी गुरुङले प्रियाकी आमालाई संकलित रकम घरमै गएर हस्तान्तरण गरेका थिए ।
प्रियाको हाल नयां दिल्लीमा उपचार भइरहेको छ ।

समाजसेवी इशाले सहयोगदाता सबैप्रति नमन गर्दै आफ्नो अभियानमा साथ दिएकामा कृतज्ञता व्यक्त गरेकी छन् । उनले समाजसेवा वा कसैलाई सहयोग गर्न च्यारिटी डिनर, पत्रकार सम्मेलन वा खादा र सम्मान नै नचाहिने उल्लेख गर्दै सम्बन्धित पीडित समक्ष छिटो छरितो पुग्नसके त्यो सहयोग बढि सार्थक र उपलब्धिमुलक हुने बताइन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री