लन्डन । नेपाली साहित्य विकास परिषद यूकेका वरिष्ठ सह–अध्यक्ष कवि कोमलप्रसाद श्रेष्ठ मल्लको कविता संग्रह ‘म के लेखुं ?’ सार्वजनिक गरिएको छ । नेपाल प्रज्ञा-प्रतिष्ठानको सभाकक्ष, काठमाण्डौंमा कृति लोकार्पण गरिएको हो ।
कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेती, उपकुलपति डा. विष्णुबिभु घिमिरे, प्राज्ञ डा. ज्ञानु पाण्डे, वरिष्ठ कवि गोपाल पराजुली, प्राज्ञ वियोगी बुढाथोकी, युवा समालोचक महेश पौडेल, शक्ति प्रसाद श्रेष्ठ, महेन्द्रप्रसाद श्रेष्ठ, मुक्तिनारायण श्रेष्ठ, शिव कुमार श्रेष्ठ लगायतले कृति लोकार्पण गरेका थिए ।
उक्त लोकार्पण समारोहमा नेपाल प्रज्ञा-प्रतिष्ठानका कुलपति प्रमुख अतिथि गंगाप्रसाद उप्रेतीले प्रवासमा आफ्नो व्यस्त जीवनबाट सिर्जनालाई समय र ठाउं दिनु प्रशंसनीय कार्य भएको बताए । उनले बेलायतमा रहेका साहित्यकारहरुबाट उत्कृष्ट कृतिहरू प्रकाशित भइरहेको भन्दै खुशी व्यक्त गरे । उनले बेलायत र नेपालमा खुलेका साहित्यिक संस्थाहरुबाट दुई देशका साहित्यकारबीच साहित्यिक अनुभव आदानप्रदान, सहकार्य र अन्तरक्रिया हुनु नेपाली साहित्य विकासका लागि महत्वपूर्ण भएको पनि उल्लेख गरे ।
उक्त अवसरमा नेपाली साहित्य विकास परिषद नेपाल च्याप्टरकी अध्यक्ष इल्या भट्टराईले कवि मल्लको कृति लोकार्पण कार्यक्रमलाई एउटा अवसरको रुपमा लिइएको जनाइन् ।
विमोचित संग्रहमाथि समालोचक प्राध्यापक महेश पौडेलले समीक्षा गर्दै ‘म के लेखु ?’ कविता संग्रहले भाव र भूमिबाट संवेदनशील अर्थ बोकेको चर्चा गरे । बेलायतमा रहने कोमलको कृतिबाट नेपालको आवाज प्रस्फुटन भएको पौडेलले बताए ।
मन्तव्यका क्रममा कवि गोपाल पराजुलीले कोमलको कविता संग्रह न्यायधीशको फैसला, देशभक्तको प्रतिवेदन र आंसु कविको निवेदन हो भने । कवि कोमल मल्लले आफ्नो कवि जीवनको पृष्ठभूमि प्रस्तुत गरेका थिए भने प्राज्ञ डा. ज्ञानु पाण्डे, शक्तिप्रसाद श्रेष्ठ, हरिशरण लामिछाने, डा. रेणुका थापा आदिले कोमललाई वधाइ तथा शुभकामना दिए ।
नेपाली कांग्रेसको प्रतिज्ञापत्रमा गैरआवासीय नेपालीका मुद्दा
सहारा यूकेद्वारा तीन विद्यालयमा ९ लाख रुपैयाँको अक्षय कोष स्थापना
मार्सल ल प्रकरण : दक्षिण कोरियाका पूर्वराष्ट्रपति युन दोषी ठहर
बेलायतवासी आङ्बुहाङको काठमाडौंमा रहेको जग्गा नक्कली धनीपुर्जा बनाएर बेच्न खोज्ने तीन पक्राउ
एनआरएनए यूकेले चन्दा उठाएर नेपाल पठायो विद्यार्थी विवेकानन्द मण्डलको शव
भूतपूर्व गोर्खा सैनिकहरुका माग सम्बोधन गर्न छलफल जारी : बेलायतको रक्षा मन्त्रालय
‘द भ्वाइस अफ नेपाल’ सिजन ७ को उपाधि नीताकुमारी थापा मगरलाई
युरोप र बेलायतबीचको सम्बन्ध सुधारका लागि नेताहरूको जोड
पोखरा अन्तरराष्ट्रिय म्याराथनको उपाधि केन्याका जुलियसलाई
बेलायती र क्यानडाका नागरिकका लागि चीनले निःशुल्क भिसा नीति लागू गर्ने