
लन्डन । बुद्धिस्ट कम्युनिटी सेन्टर लन्डनले गत बुधबार १० मे मा
२५६१ औं बुद्ध जयन्तीका अवसरमा वृहत कार्यक्रम गरेको छ । कार्यक्रममा बुद्ध जयन्तीको आतिथ्य र प्रार्थना एवं प्रवचनका निम्ति नेपालबाट रिन्पोचे टुल्कु लोसाङ आएका थिए भने बेलायतबाट लामा गुरु मिङमारले साथ दिए ।
कार्यक्रमको अध्यक्षता लन्डन च्याप्टरका अध्यक्ष गम्मर सिंह घलेले गरेका थिए । बुद्धको सन्देश विश्वभर फैलाइ अहिंसा र शान्तिलाई प्रवर्धन गर्न संस्था क्रियाशिल भएको घलेले बताए । लामा गुरुले मन्त्र पढेर शुरु भएको उक्त कार्यक्रममा गुरुले प्रार्थना, बुद्ध प्रवचन, धर्म सम्बन्धि जिज्ञासाको जवाफ दिएका थिए ।
उक्त अवसरमा लन्डनमा बौद्ध गुम्बा निर्माणका लागि आर्थिक सहयोग गर्नेहरुलाई खादा र प्रशंसा पत्रले सम्मान गरिएको थियो । गुम्बा निर्माणका लागि हालसम्म करिब ५५ हजार पाउण्ड आर्थिक संकलन भइसकेको बताइएको छ । बौद्ध परम्परा अनुसार आमा समूहले प्रार्थना भलम पढेका थिए भने गुरुको हातबाट वाङ लिएर कार्यक्रम समापन भएको थियो ।
कार्यक्रमको सञ्चालन संस्थाका महासचिव मोतीलाल तामाङ र आमा समूहकी महासचिव अन्तिम गुरुङले गरेका थिए । कार्यक्रम संयोजनमा आमा समूहकी अध्यक्ष कमला गुरुङ र उपाध्यक्ष पूर्णमाया गुरुङसहित कार्यसमिति पदाधिकारीहरुको सक्रिय सहभागिता थियो ।
नेकपा एमालेकी लुम्बिनी प्रदेशसभा सांसद रेखा शर्मा पक्राउ
पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकलाई पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति
नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री दीपक खड्का पक्राउ
लामिछाने, श्रेष्ठ र सिंहलाई एनएलडीसी पुरस्कार दिइने
को हुन् बादी समुदायबाट पहिलो मन्त्री बन्न सफल सीता ?
चार भन्ज्याङ तमु समाज यूकेको १६औँ च्यारिटी डिनर नाइट सम्पन्न
मध्यपूर्वमा रहेका नेपालीको समस्याबारे एनआरएनए र वैदेशिक रोजगार व्यवसायी संघबीच छलफल
तमु धीं यूकेको गुडविल एम्बासडरमा कराते खेलाडी एरिका गुरुङ
लन्डनमा एम्बुलेन्समा आगजनी, छानबिन गर्ने बेलायती प्रहरीको भनाइ
गायक तथा सर्जक वसन्त लम्सालको ‘मगर्नीको तीनपाने भाग २’ बजारमा