
लन्डन । बुद्धिस्ट कम्युनिटी सेन्टर लन्डनले गत बुधबार १० मे मा
२५६१ औं बुद्ध जयन्तीका अवसरमा वृहत कार्यक्रम गरेको छ । कार्यक्रममा बुद्ध जयन्तीको आतिथ्य र प्रार्थना एवं प्रवचनका निम्ति नेपालबाट रिन्पोचे टुल्कु लोसाङ आएका थिए भने बेलायतबाट लामा गुरु मिङमारले साथ दिए ।
कार्यक्रमको अध्यक्षता लन्डन च्याप्टरका अध्यक्ष गम्मर सिंह घलेले गरेका थिए । बुद्धको सन्देश विश्वभर फैलाइ अहिंसा र शान्तिलाई प्रवर्धन गर्न संस्था क्रियाशिल भएको घलेले बताए । लामा गुरुले मन्त्र पढेर शुरु भएको उक्त कार्यक्रममा गुरुले प्रार्थना, बुद्ध प्रवचन, धर्म सम्बन्धि जिज्ञासाको जवाफ दिएका थिए ।
उक्त अवसरमा लन्डनमा बौद्ध गुम्बा निर्माणका लागि आर्थिक सहयोग गर्नेहरुलाई खादा र प्रशंसा पत्रले सम्मान गरिएको थियो । गुम्बा निर्माणका लागि हालसम्म करिब ५५ हजार पाउण्ड आर्थिक संकलन भइसकेको बताइएको छ । बौद्ध परम्परा अनुसार आमा समूहले प्रार्थना भलम पढेका थिए भने गुरुको हातबाट वाङ लिएर कार्यक्रम समापन भएको थियो ।
कार्यक्रमको सञ्चालन संस्थाका महासचिव मोतीलाल तामाङ र आमा समूहकी महासचिव अन्तिम गुरुङले गरेका थिए । कार्यक्रम संयोजनमा आमा समूहकी अध्यक्ष कमला गुरुङ र उपाध्यक्ष पूर्णमाया गुरुङसहित कार्यसमिति पदाधिकारीहरुको सक्रिय सहभागिता थियो ।
नेपालमा ‘विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली’ यही पुस १७ देखि लागु गरिँदै
इन्डोनेसियाको नर्सिङ होममा आगलागी, १६ जनाको मृत्यु
बेलायत निवासी साहित्यकार केदार संकेतको ‘अन्तिम साँझ’ कथासङ्ग्रह लोकार्पण
तमु धीं यूकेले भव्य रुपमा मनायो ल्होछार
इराकमा कार्यरत नेपालीलाई अभिलेखीकरणमा ल्याउने नेपाल सरकारको निर्णय अत्यन्त स्वागतयोग्य : एनआरएनए
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने
पेनिबा : युवाको प्रतिनिधि कथाहरू
यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा प्रवेशमा रोक