वासिङटन (अमेरिका), २९ वैशाख । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सङ्घीय अनुसन्धान ब्युरो (एफबीआई) का निलम्वित प्रमुख जेम्स कोमीलाई पदमा रहँदा भएका कुराकानी नचुहाउन चेतावनी दिनुभएको छ ।
शुक्रबार बिहानै गरिएका केही ट्वीट सन्देशमा राष्ट्रपति ट्रम्पले पदीय हैसियतमा गरिएका कुराकानीलाई सञ्चारमाध्यमसमक्ष नलान भन्नुभएको हो । ट्रम्पले निलम्वनमा परेका पूर्व एफबीआई प्रमुख कोमीलाई उहाँ पदमा रहेका बेला भएका कुराकानी रेकर्ड भएको हुनसक्ने बताउँदै सबै विवरण सञ्चारमाध्यमलाई नदिन आग्रह गर्नुभएको हो ।
कोमीलाई निलम्वन गरेकोमा आएका आलोचना र सञ्चारमाध्यममा आएका प्रतिक्रियाप्रति लक्षित गर्दै ट्रम्पले सो ट्वीट गर्नुभएको हो ।
अमेरिकी राष्ट्रपति ट्रम्पले पूर्व एफबीआई निर्देशक पदमा रहेका बेला आफ्नो निर्वाचन अभियानमा रसियाली प्रभाव रहेको भन्ने आरोपबारे एफबीआई अनुसन्धान आफूमाथि लक्षित रहेको छ वा छैन भन्ने विषयलाई सोधेको खुलासा गर्नुभएको छ । कोमीलाई यसैहप्ताको सुरुतिर पदबाट बर्खास्त गरिएको थियो ।
बेलायतद्वारा रुसको प्रतिबन्धित तेल ट्याङ्कर नियन्त्रणमा
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा
फिफा विश्वकप फुटबल : स्कटल्याण्डले हाइटीलाई हरायो
नेपाली दूतावास लन्डनले २८ जुनमा स्वीन्डनमा घुम्ती शिविर सञ्चालन गर्ने [सूचनासहित]
तमु धीं यूकेको १७औँ नेपाली मेला अगस्ट ३० मा, एम्बासडर कपदेखि सांस्कृतिक प्रतिस्पर्धा हुने
भूपू ब्रिटिश गोर्खाको मुद्दामा लन्डन दूतावासमा उच्चस्तरीय वार्ता
भूपू गोर्खा मुद्दाबारे बेलायत र नेपालका मन्त्रीको उपस्थितिमा आज लन्डनमा वार्ता
सबैले सेयर किनी नेपाली भिलेज यूके ऐतिहासिक परियोजना सफल पार्न आह्वान
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल
उत्तरी आयरल्याण्डलगायत क्षेत्रमा अशान्ति, सतर्क रहन बेलायतवासी नेपालीलाई एनआरएनए यूकेको अपिल