संयुक्त राष्ट्र संघ, २९ बैशाख । सर्वदलीय सहमतिमा प्रधानमन्त्री चयन गर्न गिनी बिसाउका राष्ट्रपति जोस मारियो भासलाई संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदले आह्वान गरेको छ । हाल चलिरहेको राजनीतिक द्वन्द्वले चरम अस्थिरता निम्त्याउन सक्ने राष्ट्रिय खतरालाई रोक्न गिनि बिसाउमा अधिकतम राजनीतिक समर्थन प्राप्त गर्ने प्रधानमन्त्रीको नियुक्तिको अभाव खट्किरहेको चर्चा भै रहेको छ ।
यसै क्रममा, राष्ट्रिय समस्या समाधान गर्नका लागि गिनि बिसाउका राजनीतिक दलको बेवास्ता र उदासीनतालाई दृष्टिगत गरी त्यहाँको राजनीतिक सङ्कटप्रति गहिरो चासो राख्दै पन्ध्र सदस्यीय सुरक्षा परिषदले उक्त प्रस्ताव पारित गरेको हो ।
गिनि बिसाउमा शान्ति स्थापनार्थ संयुक्त राष्ट्र संघको मध्यस्थतामा पूर्वहस्ताक्षरित कोनाक्राइ सम्झौताको निष्ठापूर्वक पालना गर्न र सम्झौतामा उल्लेखित प्राबधान अनुसार अतिशीघ्र नै उक्त सम्झौताप्रति आस्थावान् प्रधानमन्त्री नियुक्त गर्न आह्वान गरिएको राष्ट्र संघीय सुरक्षा परिषद्द्वारा आज प्रकाशित एक बिज्ञप्तिमा जनाइएको छ ।
गिनी बिसाउमा विगत एक वर्षदेखि चलिरहेको राजनीतिक द्वन्द तथा अस्थिरता र अशान्तिका कारण लागू पदार्थको तस्करी र ओसार पसार तथा चरम हिंसात्मक अतिबादले मौलाउने राम्रो अवसर पाइरहेको समेत उक्त विज्ञप्तिले जनाएको छ ।
गिनी बिसाउको वर्तमान राजनीतिक स्थितिलाई नजिकबाट नियाली रहेको उल्लेख गर्दै त्यहाँको सङ्कटलाई थप बढ्न नदिनु र शान्तिपूर्ण समाधान गर्न सहयोग गर्नु संयुक्त राष्ट्र संघीय सुरक्षा परिषदको पनि दायित्व रहेको उल्लेख गरिएको छ ।
गोरखाली समाज यूकेको अध्यक्षमा टकमाया गुरुङ निर्विरोध निर्वाचित
नेपाली कम्युनिष्ट पार्टीको राष्ट्रिय महाधिवेशन आगामी मङ्सिर ११ देखि १५ सम्म
पोर्चुगलमा पहिलो नेपाली स्वयंसेवी अग्निनियन्त्रक धरमराज भण्डारी
संसदीय दलको नेता भीष्मराज आङ्देम्बेलाई बनाउने नेपाली कांग्रेसको निर्णय
नेपाल पत्रकार महासंघ यूकेले १० जुलाईमा १५औं स्थापना दिवस मनाउने
नेपाली दूतावास लन्डनले आगामी ३ मेमा प्रेस्टन क्षेत्र र ४ मेमा स्कटल्यान्डमा घुम्ती विशिर सञ्चालन गर्ने [सूचनासहित]
कौराहाले गुञ्जियो तनहुँको झापुटार,घोषणापत्र जारी गर्दै सकियो सम्मेलन
नेपालका गृहमन्त्री सुधन गुरुङको राजीनामा घोषणा
बेलायतमा बेपत्ता नेपाली वृद्धा सकुशल फेला
बेलायतको अल्डरसटबाट नेपाली ८१ वर्षीया वृद्धा सम्पर्कविहीन