लन्डन-२० वर्षको अन्तरालमा हुन लागेको नेपालको स्थानीय चुनावमा अन्तराष्ट्रिय चासो समेत जोडिएको छ । त्यस चासोलाई संवोधन गर्दै विश्वभर फैलिएर बसेका नेपाली प्राज्ञहरुको संस्था ग्लोबल पोलिसी फोरम फर नेपालले चुनाव निष्पक्ष र शान्तिपूर्वक सम्पन्न गर्न नेपाल सरकारलाई आग्रह गरेको छ ।
‘२० वर्षको अन्तरालमा हुन लागेको स्थानीय चुनावपछि संविधान कार्यान्वयनको पहिलो चरण पार हुनेछ’ फोरमका अध्यक्ष प्राध्यापक तथा बेलायतका क्युसी सूर्य सुवेदीद्वारा बिहीबार जारी विज्ञप्तिमा उल्लेख छ,‘लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकासका लागि यो अतिआवश्यक कदम हो । पुरै विश्वले यसमा चासो दिएको हामीले देखिरहेका छौं ।’
फोरमले गणतन्त्र कार्यान्वयनमा देखिएका अन्य व्यवधान र तिनका समाधानका सम्बन्धमा बेलायतको लिभरपुल जोन मोर्स विश्वविद्यालयमा आगामी जुन २५ मा अन्तराष्ट्रिय सम्मेलन पनि आयोजना गर्न लागेको छ । सुवेदीका अनुसार सम्मेलनले नेपालको आर्थिक विकासका अन्य पक्षमा पनि छलफल गर्नेछ ।
संसारभरी छरिएर रहेका नेपाली प्राज्ञिक वर्गबाट नेपालमा सुशासन र आर्थिक समृद्धिका लागि नीतिगत रुपमा योगदान दिने उद्देश्यका साथ ग्लोबल पोलिसि फर नेपाल सुवेदीको अध्यक्षतामा सन् २०१५ मा स्थापना भएको थियो जसको पहिलो अन्तराष्ट्रिय सम्मेलन सन् २०१५ को डिसेम्बरमा काठमाडौंमा भएको थियो । काठमाडौं सम्मेलन भारतले नेपालमाथि लगाएको आर्थिक नाकाबन्दीका अन्तराष्ट्रिय कानूनी पक्ष र नेपालको उच्च शिक्षामा भएको राजनीतिकरणबाट उठेका समस्यामा केन्द्रित थियो ।
सम्मेलनले आर्थिक नाकाबन्दीको विरुद्ध आवश्यक परे अन्तराष्ट्रिय न्यायिक र अर्ध न्यायिक निकायमा जानका लागि नेपाल सरकारले उपयुक्त ठानेमा कानूनी सहयोग गर्न तत्पर रहेको सुझाव दिएको थियो । यसपटकको बेलायतमा हुन लागेको सम्मेलनले नेपालको संविधान कार्यान्वनमा देखिएका समस्यामा छलफल गरी नेपालको सरकार, संसद र अन्य निकायहरुलाई ती समस्याको समाधानको लागि र अन्य आर्थिक विकासका विषयमा पनि ठोस सुझावहरु प्रदान गर्ने लक्ष्य राखेको छ ।
उक्त संस्थाका संस्थापक सदस्य तथा कोषाध्यक्ष लिभरपुल जोन मोर्स विश्वविद्यालयका प्राध्यापक एवं असोसिएट डिन पदम सिंखडाको संयोजनमा हुन लागेको हो । सम्मेलनको अध्यक्षता संस्थाका अध्यक्ष तथा लिड्स विश्वविद्यालयका प्राध्यापक एवं बेलायतका क्युसी सूर्यप्रसाद सुवेदीले गर्नुहुनेछ ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा