
पेरिस (फ्रान्स), २८ वैशाख । फ्रान्सका नवनिर्वाचित राष्ट्रपति इमानुएल म्याक्रोको दलले आगामी जुनमा हुने संसदीय निर्वाचनको ४२८ जनामध्ये करिब ५२ प्रतिशत राजनीतिमा नयाँ अनुहार ल्याउने सो दलले बिहीबार जनाएको छ ।
मध्यमार्गी नेता म्याक्रोँको दलमा निर्वाचन लड्न तयार २१४ जना अर्थात ५० प्रतिशत महिलालाई प्रतिनिधित्वका सुरक्षित गरिने बताइएको छ ।
रिपब्लिक अन द मुभका म्याक्रोँका महासचिव रिचार्ड फेरार्डका अनुसार पार्टीको तर्फबाट आएका १९ हजार आवेदकमध्येबाट ५० प्रतिशत महिला र ५२ प्रतिशत राजनीतिमा अहिलेसम्म ठूलो पद धारण नगरेका युवालाई छानिएको बताउनुभयो ।
पूर्व प्रधानमन्त्रीको अनुरोध अस्वीकार
मध्यमार्गी नेता म्याक्रोँले राष्ट्रपतिको निर्वाचनमा विजय हासिल गरेपछि उक्त दलबाट आफू संसदीय निर्वाचनमा उम्मेदवार हुन चाहेको भनी आएको अनुरोधलाई अस्वीकार गरेको छ ।
म्याक्रोँको दलले संसदीय निर्वाचनमा भल्ज उठेको ठाँउबाट आफ्नो उम्मेदवार भने नउठाउने बताएको छ ।
म्याक्रोँको दल ‘रिपब्लिक अन द मुभ’ ले पेरिसको बाहिरी क्षेत्र एभरी, जहाँबाट भल्जले संसदमा प्रतिनिधित्व गर्नुभएको थियो, सँग आफ्नो उम्मेदवारलाई नउठाउने प्रस्ताव गरे अनुसार राष्ट्रपतीय निर्वाचन पूर्व प्रधानमन्त्री भल्जको म्याक्रोँलाई सहयोग रहेको थियो ।
भूतपूर्व गोर्खा सैनिकहरुका माग सम्बोधन गर्न छलफल जारी : बेलायतको रक्षा मन्त्रालय
एनबीसी यूकेले २२ फेब्रुअरीमा घरेलु हिंसाविरुद्ध सचेतनामूलक वेबिनार आयोजना गर्ने, देवमान र लक्ष्मी प्रमुख वक्ता
युक्रेनलाई बेलायतको हवाई रक्षा सहयोग
जेन–जी विद्रोहपछि बङ्गलादेशमा पहिलो मतदान
नेपालको राजधानी काठमाडौँको वायु प्रदूषण अझै अस्वस्थ
नेपाली विद्यार्थीको शव स्वदेश पठाउन बेलायतमा उठ्यो साढे १० हजार पाउन्ड
बेलायतबाट डा हेमराज शर्माद्वारा एनआरएनएको अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा
रहेनन् अभिनेता सुनिल थापा
एपस्टिनसँग म्यान्डेलसनको सम्बन्ध रहेको प्रकरणमा बेलायती प्रधानमन्त्रीका उच्च सहयोगीद्वारा राजीनामा
इस्लामाबादको मस्जिदमा विस्फोट : १३ जनाको मृत्यु, १६९ जना घाइते