
पेरिस (फ्रान्स), २८ वैशाख । फ्रान्सका नवनिर्वाचित राष्ट्रपति इमानुएल म्याक्रोको दलले आगामी जुनमा हुने संसदीय निर्वाचनको ४२८ जनामध्ये करिब ५२ प्रतिशत राजनीतिमा नयाँ अनुहार ल्याउने सो दलले बिहीबार जनाएको छ ।
मध्यमार्गी नेता म्याक्रोँको दलमा निर्वाचन लड्न तयार २१४ जना अर्थात ५० प्रतिशत महिलालाई प्रतिनिधित्वका सुरक्षित गरिने बताइएको छ ।
रिपब्लिक अन द मुभका म्याक्रोँका महासचिव रिचार्ड फेरार्डका अनुसार पार्टीको तर्फबाट आएका १९ हजार आवेदकमध्येबाट ५० प्रतिशत महिला र ५२ प्रतिशत राजनीतिमा अहिलेसम्म ठूलो पद धारण नगरेका युवालाई छानिएको बताउनुभयो ।
पूर्व प्रधानमन्त्रीको अनुरोध अस्वीकार
मध्यमार्गी नेता म्याक्रोँले राष्ट्रपतिको निर्वाचनमा विजय हासिल गरेपछि उक्त दलबाट आफू संसदीय निर्वाचनमा उम्मेदवार हुन चाहेको भनी आएको अनुरोधलाई अस्वीकार गरेको छ ।
म्याक्रोँको दलले संसदीय निर्वाचनमा भल्ज उठेको ठाँउबाट आफ्नो उम्मेदवार भने नउठाउने बताएको छ ।
म्याक्रोँको दल ‘रिपब्लिक अन द मुभ’ ले पेरिसको बाहिरी क्षेत्र एभरी, जहाँबाट भल्जले संसदमा प्रतिनिधित्व गर्नुभएको थियो, सँग आफ्नो उम्मेदवारलाई नउठाउने प्रस्ताव गरे अनुसार राष्ट्रपतीय निर्वाचन पूर्व प्रधानमन्त्री भल्जको म्याक्रोँलाई सहयोग रहेको थियो ।
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
नेपाल सरकार र जेनजी प्रतिनिधिबीचको सम्झौता मन्त्रिपरिषद् बैठकबाट अनुमोदन