लन्डन । तमु समाज यूके आमा समूहले बुधबार १० मे २०१७ का दिन २५६१ औं बुद्ध जयन्ती मनाएको छ । लन्डन साउथ हयारोस्थित हयारो बरो फुटबल क्लब हलमा पूजासहित शान्तिका अग्रदूत, एसियाका तारा तथा नेपालका राष्ट्रिय विभूति भगवान गौतम बुद्धको जन्मजयन्ती मनाइएको हो । बुद्ध जयन्ती पूजापाठ सञ्चालन श्रद्धेय लामा गुरु काजी गुरुङ र लामा गुरु दिल गुरुङले गरेका थिए । दिउसो १ बजे आरम्भ गरिएको पूजापाठमा लामा गुरुद्वय काजी गुरुङ र लामा दिल गुरुङले बुद्ध जयन्तीको महत्व र बुद्धको जिवनी तथा उपदेशबारे प्रवचन दिए ।
प्रवचन सकिएपछि उपस्थित सबै भक्तजनले लामा गुरुबाट अभिषेक र प्रसाद ग्रहण गरेका थिए ।
आमा समूहको संयोजनमा गरिएको उक्त बुद्ध जयन्ती पूजा कार्यक्रममा विशेष गरि लन्डन वरपरका जेष्ठ नागरिकहरुको सहभागिता थियो ।
कार्यक्रममा तमु समाज यूकेका संस्थापक अध्यक्ष तथा सल्लाहकार चित्रबहादुर गुरुङ, निबर्तमान अध्यक्ष तथा सल्लाहकार शिवशरण गुरुङ लगायत तमु समाज यूकेका अन्य सल्लाहकारहरु, कार्यसमितिका पदाधिकारीहरु, सदस्यहरु, आमा समूहका सदस्यहरु, श्रद्धालु भक्तजन तथा शुभचिन्तकहरुको उल्लेख्य उपस्थिति थियो ।
तमु समाज यूकेले स्थापनाकाल देखि नै निरन्तर बैशाख पूर्णिमाको अवसरमा बुद्ध जयन्ती पूजा सञ्चालन गर्दै आएको छ । यस वर्षको बुद्ध जयन्ती कार्यक्रममा आमा समूहले निशुल्क प्रवेश र खानपिन व्यवस्था गरेको थियो ।
उक्त कार्यक्रमका लागि थुप्रै दानवीरहरुले स्वतस्फूर्त र श्रद्धाभावले अर्थ, भोजन, पेय पदार्थ तथा अन्य आवश्यक सामाग्री दान सहयोग स्वरुप उपलब्ध गराएका थिए । कार्यक्रमबाट बचेको रकम समाजको सामाजिक भवन खरिद परियोजना कोषमा जम्मा गरिएको छ ।
उक्त कार्यक्रममा तमु समाज यूकेका उपाध्यक्ष बिजु गुरुङले हेल्थ एण्ड सेफ्टी बारे जानकारी गराउंदै स्वागत मन्तव्य र आमा समूहकी उपाध्यक्ष पुष्पा गुरुङले सबै सहयोगी र दानवीर चन्दादाताहरु र उपस्थित भक्तजनप्रति धन्यवाद व्यक्त गरेका थिए ।
अहिंसा, सत्य र संयम मुल मन्त्र ठानेर सदैव सद्भाव र सत्कर्ममा लागी जिवन बिताउनु नै बुद्ध धर्मको सार हो ।
गैरआवासीय नेपाली ऐनसम्बन्धी मस्यौदा आगामी संसद् अधिवेशनमा प्रस्तुत गर्ने परराष्ट्रमन्त्री खनालको प्रतिबद्धता
बेलायतवासी युद्ध साहित्यकार काङमाङ नरेश राईलाई ‘प्रज्ञा अन्तर्देशीय पुरस्कार-२०८२’ प्रदान गरिने
होर्मुज खुलाउन इरानले मानेन
बेलायत बन्यो विश्वकै सबैभन्दा कडा धूम्रपान नियन्त्रण नीति अपनाउने देशमध्ये एक
११ देशका स्रष्टाहरु मुन्दुम पदमार्गमा, कुन देशबाट को ?
मगर संघ युकेकी पूर्वउपाध्यक्ष अनिताको पहलमा कौराहा सम्मेलनका लागि ८ लाख १० हजार सहयोग संकलन [विवरणसहित]
बेलायतमा नेपाल पहिल्यै लोकप्रिय : राजदूत रोर्वट फेन
कोरियाबाट फर्किएका नेपाली कामदारको पुनःएकीकरणमा सघाउन २५ लाख डलर सहयोग
‘लिब्जु–भुम्जु पुरस्कार’ ऋषि र कमललाई
बेलायतको साउथह्यारोमा नेपाली नयाँ वर्ष २०८३ भव्य रुपमा मनाइयो