कलाकार क्षेत्रीलाई बेलायतबाट दुई लाख ५० हजार प्रदान


लन्डन । वरिष्ठ कलाकार दिपक क्षेत्रीको स्वास्थ्य उपचारका लागि बेलायतवासी नेपालीले दुई लाख पचास हजार रुपैयां आर्थिक सहयोग उपलब्ध गराएका छन् । नायक ध्रुव दत्तको पहलमा संकलित उक्त रकम बिहीबार क्षेत्रीकै निवासस्थान काठमाण्डौं डिल्लीबजारमा सञ्चारकर्मी राजन घिमिरे र नाट्यकर्मी सनमकुमार बैरागले संयुक्त रुपमा हस्तान्तरण गरे ।

रकम लिएपछि कलाकार क्षेत्रीले प्रवासी नेपालीहरुको माया र साथ आफूले सधैं पाएको बताउंदै बेलायतका समस्त चन्दादाता र नायक ध्रुव दत्तलाई धन्यवाद दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री