लन्डन । बेलायत भ्रमणका सिलसिलामा बन्दी सहायता नेपालकी संस्थापक इन्दिरा रानामगरसंग एक अन्तरक्रिया गरिएको छ । गत ७ मे २०१७ का दिन हिलिङडन गोर्खा नेपलिज कम्युनिटीले कार्यक्रम गरेको हो ।
अन्तरक्रियाका अवसरमा रानामगरले हिलिङडन गोर्खा नेपलिज कम्युनिटी र नेपाल आदिवासी जनजाती महिला महासंघ यूकेले गत ४ डिसेम्बर २०१६ मा आफ्नो संस्थाका लागि गरेको च्यारिटी कार्यक्रमका सहयोगीलाई प्रशंसा पत्र प्रदान गरिन् ।
रानामगरले हिलिङडन गोर्खा नेपलिज कम्युनिटी अध्यक्ष तेज पुन, आदिवासी जनजाति महिला महासंघ यूके अध्यक्ष विमला राई, मगर संघ यूकेका अध्यक्ष नेम थापामगर, महिला मगर संघ यूकेकी अध्यक्ष छवीमाया पुन, गोर्खा च्यानलकी विमला सेने, हिलिङडन गोर्खा नेपलिज कम्युनिटीकी उपाध्यक्ष अन्जना गुरुङ लगायतलाई प्रशंसापत्र प्रदान गरेकी हुन् ।
अन्तरक्रिया कार्यक्रमपछि मगरले हिलिङडन गोर्खा नेपाली कम्युनिटीले नेपाली बालबालिकालाई लक्षित गर्दै साताको एकपटक सञ्चालन गरेको नेपाली कक्षा अवलोकन गरेकी थिइन् । साथै उनले ति बालबालिकासंग कुराकानी पनि गरिन् ।
उक्त अन्तरक्रिया कम्युनिटीका सचिव छत्रसिङ लिम्बुले सञ्चालन गरेका थिए ।
बेलायतको साउथह्यारोमा नेपाली नयाँ वर्ष २०८३ भव्य रुपमा मनाइयो
डा भगवान कोइराला नेतृत्वको काठमाडौं चिल्ड्रेन्स हस्पिटलको सहयोगार्थ युकेमा च्यारिटी
‘लिब्जु–भुम्जु पुरस्कार’ ऋषि र कमललाई
बेलायती दिवङ्गत महारानी एलिजाबेथ द्वितीयको जीवनी लेख्न इतिहासकार चयन
होर्मुजमा पुनः तनाव, अन्तिम सम्झौता अझै टाढा
इलाम समाज बेलायतमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा धनबहादुर राई
बेलायतमा ग्रेटर रसमोर नेपाली कम्युनिटीले मनायो नयाँ वर्ष
एनआरएनए रुसद्वारा नयाँ वर्षका अवसरमा मस्कोमा सांस्कृतिक कार्यक्रम सम्पन्न
नेपाली कांग्रेसका पूर्वउपसभापति खड्कालाई सोध्यो सातदिने स्पष्टीकरण
मगर संघ युकेकी पूर्वउपाध्यक्ष अनिताको पहलमा कौराहा सम्मेलनका लागि ८ लाख १० हजार सहयोग संकलन [विवरणसहित]