लन्डन । बेलायत भ्रमणका सिलसिलामा बन्दी सहायता नेपालकी संस्थापक इन्दिरा रानामगरसंग एक अन्तरक्रिया गरिएको छ । गत ७ मे २०१७ का दिन हिलिङडन गोर्खा नेपलिज कम्युनिटीले कार्यक्रम गरेको हो ।
अन्तरक्रियाका अवसरमा रानामगरले हिलिङडन गोर्खा नेपलिज कम्युनिटी र नेपाल आदिवासी जनजाती महिला महासंघ यूकेले गत ४ डिसेम्बर २०१६ मा आफ्नो संस्थाका लागि गरेको च्यारिटी कार्यक्रमका सहयोगीलाई प्रशंसा पत्र प्रदान गरिन् ।
रानामगरले हिलिङडन गोर्खा नेपलिज कम्युनिटी अध्यक्ष तेज पुन, आदिवासी जनजाति महिला महासंघ यूके अध्यक्ष विमला राई, मगर संघ यूकेका अध्यक्ष नेम थापामगर, महिला मगर संघ यूकेकी अध्यक्ष छवीमाया पुन, गोर्खा च्यानलकी विमला सेने, हिलिङडन गोर्खा नेपलिज कम्युनिटीकी उपाध्यक्ष अन्जना गुरुङ लगायतलाई प्रशंसापत्र प्रदान गरेकी हुन् ।
अन्तरक्रिया कार्यक्रमपछि मगरले हिलिङडन गोर्खा नेपाली कम्युनिटीले नेपाली बालबालिकालाई लक्षित गर्दै साताको एकपटक सञ्चालन गरेको नेपाली कक्षा अवलोकन गरेकी थिइन् । साथै उनले ति बालबालिकासंग कुराकानी पनि गरिन् ।
उक्त अन्तरक्रिया कम्युनिटीका सचिव छत्रसिङ लिम्बुले सञ्चालन गरेका थिए ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा