
लन्डन । ननिटन नेप्लिज कम्युनिटीले प्रिजनर्स असिस्टेन्स नेपाल (पिए नेपाल) की संस्थापक आमा इन्दिरा रानामगरलाई आर्थिक सहयोग
गर्ने भएका छन् । इन्दिरा रानामगर छोटो बेलायत भ्रमणमा रहेका बेला गत सप्ताहन्त आयोजित एक कार्यक्रममा कम्युनिटी पदाधिकारीले सहयोगको प्रतिवद्धता व्यक्त गरेका हुन् ।
कार्यक्रममा ननिटन नेप्लिज कम्युनिटीका महासचिव विनोद श्रेष्ठले इन्दिराले जेल परेका बाबु आमाका असहाय र अनाथ सन्तानलाई गरेको निस्वार्थ सेवाको प्रशंसा गर्दै कम्युनिटीले गर्दै आएको ‘स्पोन्सर’ लाई निरन्तरता दिने वाचा गरे ।
ब्रिटिस गोर्खा भेटेरान एसोसिएसनका अध्यक्ष ओम गुरुङले विगत जस्तै भविष्यमा पनि पिए नेपाललाई सहयोग जारी रहने बताए । कार्यक्रममा क्वीन्स् गोर्खा सिग्नलका गोर्खा मेजर ओम पुनले इन्दिरा रानामगरको कामप्रति चासो राख्दै सहयोगको प्रतिवद्धता व्यक्त गरे ।
कार्यक्रममा पूर्व मिस कार्निभल ननिटन रिन्जी लावतीले युनिभर्सिटीको एक वर्ष ‘ग्याप’ मा नेपाल गएर इन्दिराले संरक्षण दिएका वालवालिकाको सेवा गर्ने बताइन् ।
बेलायतमा ए–स्टार नेपाल बास्केटबल लिग’को फाइनल जुलाई ४ मा, टिकट बिक्री सुरु
महान्यायाधिवक्ता डा कँडेल नेपाल–बेलायत आवतजावतको अभिलेख झिकाउन सर्वोच्चको आदेश
विश्व पर्या कविता प्रतियोगिता–२०२६ का लागि ३० डिसेम्बरसम्ममा रचना पठाउन आह्वान
एमाले उपाध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री विष्णुप्रसाद पौडेल थप तीन दिन थुनामा
बेलायतको प्रधानमन्त्रीको प्रतिक्षारत उम्मेदवारद्वारा आर्थिक एजेन्डा सार्वजनिक हुँदै
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
अभिव्यक्ति श्रृंखलामा स्रष्टा चिम्खोले काइँलाले सुनाए सृजना
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने