
लन्डन । ननिटन नेप्लिज कम्युनिटीले प्रिजनर्स असिस्टेन्स नेपाल (पिए नेपाल) की संस्थापक आमा इन्दिरा रानामगरलाई आर्थिक सहयोग
गर्ने भएका छन् । इन्दिरा रानामगर छोटो बेलायत भ्रमणमा रहेका बेला गत सप्ताहन्त आयोजित एक कार्यक्रममा कम्युनिटी पदाधिकारीले सहयोगको प्रतिवद्धता व्यक्त गरेका हुन् ।
कार्यक्रममा ननिटन नेप्लिज कम्युनिटीका महासचिव विनोद श्रेष्ठले इन्दिराले जेल परेका बाबु आमाका असहाय र अनाथ सन्तानलाई गरेको निस्वार्थ सेवाको प्रशंसा गर्दै कम्युनिटीले गर्दै आएको ‘स्पोन्सर’ लाई निरन्तरता दिने वाचा गरे ।
ब्रिटिस गोर्खा भेटेरान एसोसिएसनका अध्यक्ष ओम गुरुङले विगत जस्तै भविष्यमा पनि पिए नेपाललाई सहयोग जारी रहने बताए । कार्यक्रममा क्वीन्स् गोर्खा सिग्नलका गोर्खा मेजर ओम पुनले इन्दिरा रानामगरको कामप्रति चासो राख्दै सहयोगको प्रतिवद्धता व्यक्त गरे ।
कार्यक्रममा पूर्व मिस कार्निभल ननिटन रिन्जी लावतीले युनिभर्सिटीको एक वर्ष ‘ग्याप’ मा नेपाल गएर इन्दिराले संरक्षण दिएका वालवालिकाको सेवा गर्ने बताइन् ।
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायत र इरानका विदेशमन्त्रीबीच प्रत्यक्ष टेलिफोन वार्ता
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा