लन्डन । मतिना फाउन्डेसनले शनिबार सामूहिक इही कार्यक्रम गरेको छ । लन्डनस्थित गोल्डेनसीप रेष्टुरेन्टमा गत ६ मेमा इही गरिएको हो । कार्यक्रममा अमेरिकाबाट निम्त्याइएका एकजना नेवाः पण्डितले १२ वालिकाको नेवारी परम्परा र विधि अनुसार इही गरेको फाउण्डेसनका सदस्य नगेन्द्र श्रेष्ठले जानकारी दिए । बिहान ८ देखि अपरान्ह ५ बजेसम्म इही कार्यक्रम चलेको थियो । नेवारी संस्कारमा रजस्वाला हुनुअघि अनिवार्य इही गर्नुपर्छ । कार्यक्रममा करिब दुई सय अतिथी सहभागी थिए ।
फाउण्डेशनले गरेको यो दोश्रो सामूहिक इही हो । फाउण्डेशनले आगामी शुक्रबार गुफा (बाह्रा) गर्ने तयारी समेत गरेको छ । सहभागी न्यून भएपछि कायता भने नहुने श्रेष्ठले जनाए । नेवा परम्परा, संस्कृति र धर्मको सम्वर्धन तथा प्रचार प्रसारका लागि फाउण्डेसनले निरन्तर यस्तो कार्यक्रम गर्दै आएको छ ।
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा