लन्डन । मतिना फाउन्डेसनले शनिबार सामूहिक इही कार्यक्रम गरेको छ । लन्डनस्थित गोल्डेनसीप रेष्टुरेन्टमा गत ६ मेमा इही गरिएको हो । कार्यक्रममा अमेरिकाबाट निम्त्याइएका एकजना नेवाः पण्डितले १२ वालिकाको नेवारी परम्परा र विधि अनुसार इही गरेको फाउण्डेसनका सदस्य नगेन्द्र श्रेष्ठले जानकारी दिए । बिहान ८ देखि अपरान्ह ५ बजेसम्म इही कार्यक्रम चलेको थियो । नेवारी संस्कारमा रजस्वाला हुनुअघि अनिवार्य इही गर्नुपर्छ । कार्यक्रममा करिब दुई सय अतिथी सहभागी थिए ।
फाउण्डेशनले गरेको यो दोश्रो सामूहिक इही हो । फाउण्डेशनले आगामी शुक्रबार गुफा (बाह्रा) गर्ने तयारी समेत गरेको छ । सहभागी न्यून भएपछि कायता भने नहुने श्रेष्ठले जनाए । नेवा परम्परा, संस्कृति र धर्मको सम्वर्धन तथा प्रचार प्रसारका लागि फाउण्डेसनले निरन्तर यस्तो कार्यक्रम गर्दै आएको छ ।
नेपाली कांग्रेसका सभापति गगन थापाको राजीनामा अस्वीकृत
पोखरा विमानस्थल अनियमितताबारे २१ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर
नेपाल आदिवासी जनजाति महासंघको अध्यक्षमा निमा लामा ह्योल्मो निर्वाचित
एनबीसी यूकेले अपांग बालबालिकाको सहयोगार्थ १२ अप्रिलमा ‘शुभकामना साँझ’ गर्ने
बेलायतद्वारा अमेरिकालाई सैन्य सहयोग
बेलायती रक्षा मन्त्रालयमा चर्काचर्की
यी हुन् प्रतिनिधिसभा समानुपातिकतर्फ निर्वाचित ११० सांसदको नाम [सूची]
सुरेश सिंह धामीको उपचारमा नेपाल पत्रकार महासंघ बेलायतको आर्थिक सहयोग
एनआरएनए एकता महाधिवेशनले गैरआवसीय नेपालीलाई एक सूत्रमा बाँधेको छ : डा. केसी
श्रीलङ्कामा इन्धन सङ्कट, सरकारी कार्यालय बुधबार बन्द रहने