लन्डन । नेपाल पत्रकार महासंघ बेलायतले यही २१ मेमा गर्न लागेको च्यारिटी डिनरमा नेपालका एकजना लोकप्रिय गायक खड्ग गर्बुजा सहभागी हुने भएका छन् । महासंघले उनको भिजा लागिसकेको जनाएको छ । एम्पायर हल अल्डरसटमा हुने कार्यक्रममा गर्बुजा अलवा स्थानीय कलाकारहरुबाट समेत प्रस्तुति हुने अपेक्षा छ । कार्यक्रम पटयारलाग्दो सट्टा मनोरन्जनात्मक बनाउन शाखा जुटिरहेको छ ।
एउटा आपतकालिन कोष स्थापना गर्ने उद्देश्यले गर्न लागिएको उक्त च्यारिटीका लागि यतिखेर तीव्र तयारी छ । महासंघ शाखाका अध्यक्ष नरेश खपांगीमगरले कार्यक्रमका लागि उत्साहजनक सहभागिता हुने प्रतिद्धता आएको जनाउंदै सबैमा सहभागी भइदिन र आर्थिक सहयोग गर्न अपिल गरेका छन् ।
‘हामीले यसअघि धेरै संघसंस्था र व्यक्तिको कार्यक्रम सफल बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्यौं । यसपटक हामीले समस्त समुदायबाट सहयोग अपेक्षा गरेका छौं’, उनले भने । उनले हालसम्म तीसवटा टेबल बुक भइसकेको र करिब ४ हजार पाउण्ड प्रतिवद्धता आइसकेको जनाए।
अहिले च्यारिटीका लागि ‘मोमेन्टम’ बनेकामा दंग छन् कार्यक्रम संयोजक दूत पुन । बेलायतमा भइरहने च्यारिटीभन्दा पृथक कार्यक्रम गर्ने उनको दृढता छ ।
नेपाली कांग्रेसको प्रतिज्ञापत्रमा गैरआवासीय नेपालीका मुद्दा
सहारा यूकेद्वारा तीन विद्यालयमा ९ लाख रुपैयाँको अक्षय कोष स्थापना
मार्सल ल प्रकरण : दक्षिण कोरियाका पूर्वराष्ट्रपति युन दोषी ठहर
बेलायतवासी आङ्बुहाङको काठमाडौंमा रहेको जग्गा नक्कली धनीपुर्जा बनाएर बेच्न खोज्ने तीन पक्राउ
एनआरएनए यूकेले चन्दा उठाएर नेपाल पठायो विद्यार्थी विवेकानन्द मण्डलको शव
भूतपूर्व गोर्खा सैनिकहरुका माग सम्बोधन गर्न छलफल जारी : बेलायतको रक्षा मन्त्रालय
‘द भ्वाइस अफ नेपाल’ सिजन ७ को उपाधि नीताकुमारी थापा मगरलाई
युरोप र बेलायतबीचको सम्बन्ध सुधारका लागि नेताहरूको जोड
पोखरा अन्तरराष्ट्रिय म्याराथनको उपाधि केन्याका जुलियसलाई
बेलायती र क्यानडाका नागरिकका लागि चीनले निःशुल्क भिसा नीति लागू गर्ने