संयुक्त राष्टसंघ आदिवासी जनजाति स्थायी मञ्च (युएन परमानेन्ट फोरम अन इन्डिजिनियस इस्यु) मा सहभागी हुन न्यूयोर्क आइपुगेका तीन गुरुङ चेलीलाई सम्मान गरिएको छ ।
न्यूयोर्कमा रहेको तमू परिवारले पत्रकार प्रेमकुमारी घले, प्राध्यापक तथा अधिकारकर्मी प्रतिमा गुरुङ र स्वतन्त्र पत्रकार मच्छे गुरुङलाई सम्मान गरेको हो ।
न्यूयोर्कमा आयोजित एक कार्यक्रममा उहाँहरुलाई तमू परिवार न्यूयोर्कका अध्यक्ष डम्बर बहादुर गुरुङ, उपाध्यक्ष मनिता गुरुङ, सचिव डिबी गुरुङ लगायतले प्रमाणपत्र र खादा ओढाएर सम्मान गर्नुभएको हो ।
गुरुङ समुदायमा जन्मेर विभिन्न पेशामार्फत आफ्नो समुदाय, र आदिवासी जनजाति समुदायको लागि महत्वपूर्ण योगदान पुरयाएको भन्दै समान गरिएको हो । आदिवासी जनजातिहरुको पहिचान र अधिकारको विषयमा राज्यका विभिन्न निकाय र अमेरिकामा अवस्थित संयुक्त राष्ट्र संघ मुख्यालयसम्म आवाज उठाउन सफल भएको भन्दै उहाँहरुलाई सम्मान गरिएको तमू परिवारले जनाएको छ ।
पत्रकारिता र वकालत पेशामा लामो समय काम गर्नुभएका मच्छे गुरुङ नेपाल अमेरिका पत्रकार संघ नेजाको केन्द्रिय सदस्य हुनुहुन्छ । अध्ययनको सिलसिलामा डेढ वर्षदेखि अमेरिकामा रहनुभएका गुरुङ नेपालमा रहँदा रेडियो सगरमाथा, संचारिका समूह लगायतका संचार संस्थामा कार्यरत हुनुहुन्थ्यो । उहाँ महिला, आदिवासी जनजाति र कानुनका क्षेत्रमा विशेष दख्खल राख्नुहुन्छ ।
त्यस्तै, विगत १२ वर्षदेखि पत्रकारिता क्षेत्रमा क्रियाशिल घले हाल संचारिका समूहद्वारा संचालित महिला खबरको सम्पादक हुनुहुन्छ । उहाँ लमजुडको सामुदायिक रेडियो मस्र्याडदीका सचिव तथा निर्वातमान स्टेसन म्यानेजर, पूर्व कान्तिपुर संवाददाता, सामुदायिक रेडियो प्रसारक संघको केन्द्रिय सदस्य लगायत विभिन्न सामाजिक क्षेत्रमा क्रियाशील हुनुहुन्छ ।
राष्टिय आदिवासी जनजाति अपांग महिला संघका अध्यक्ष प्रतिमा गुरुङ पद्यमकन्या क्याम्पसका प्राध्यापक तथा लैगिक तथा अपांगता भएका जनजाति महिलाको क्षेत्रमा लामो समयदेखि क्रियाशिल हुनुहुन्छ ।
दुई प्रतिवेदन पारित गर्दै नेपाली कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सम्पन्न
नेपाली कम्युनिष्ट पार्टीको केन्द्रीय सदस्यको संख्या २४ सय ९९, मंगलबार लिए शपथ
संयुक्त राष्ट्रवादी नेपाली संगठन बेलायतले मनायो ३०४औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस
नेपाली कांग्रेस विशेष महाधिवेशनः निर्वाचन समिति गठन
सरल छविका थिए प्रशान्त तामाङ
यी हुन् एनआरएनए यूकेको स्कटल्यान्डमा बसेको पूर्ण बैठकका निर्णयहरु
बेलायतसहित युरोपमा चिसोका कारण जनजीवन प्रभावित
१६ जनवरीभित्र सदस्यता लिन गैरआवासीय नेपालीहरूलाई एनआरएनएको आग्रह
एनआरएनए-एआईयू एमबीबीएस छात्रवृत्ति कविलवस्तुका सचिन र चितवनकी भावनालाई दिने घोषणा
राष्ट्रिय सभा निर्वाचन : १९ पदका लागि ४४ जनाको उम्मेदवारी