लन्डन । बेलायत सरकारले अब सेटलमेन्ट भिजा यूकेको सेफिल्डबाटै जारी गर्ने भएको छ । १ मेदेखि लागू गरिएको नयां व्यवस्था अनुसार नेपालबाट सेटलमेन्ट भिजा लिन चाहनेले पासपोर्ट र आवश्यक दस्तुर भिजा एप्लिकेसन सेन्टर, काठमाण्डौंमा बुझाउने र बांकी सबै सपोर्टिङ डकुमेन्ट यूके भिजा एण्ड इमिग्रेसन अफिस, सेफिल्डमा पोष्ट गर्नुपर्नेछ ।
यसअघि काठमाण्डौंमा निवेदन दिएपछि भारतको नयां दिल्लीस्थित ब्रिटिस हाइ कमिसनबाट भिजा जारी हुने गरेको थियो ।
लन्डनस्थित सोलिसिटर राजु थापाका अनुसार नेपालबाट बालबच्चा, श्रीमान श्रीमति वा भूपू गोर्खाका सन्तान यूके झिकाउने सन्दर्भमा सेटलमेन्ट भिजा लिन नयां व्यवस्था अनुशरण गर्नुपर्नेछ ।
आवेदन फारामसहित अंग्रेजी भाषाको सर्टिफिकेट, सम्वन्ध प्रमाणित हुने, बस्ने व्यवस्था भएको देखिने कागजात, बैंक स्टेटमेन्ट आदि कागजात बेलायतको सेफिल्ड पठाउन पर्ने भएको हो ।
सोलिसिटर थापाले यसअघि यो काम बेलायती विदेश मन्त्रालय (एफसीओ) ले नयां दिल्लीमा हेर्ने गरेकोमा अब होम अफिसले नै जिम्मा लिएको बताए ।
बङ्गलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई ‘मानवता विरुद्धको अपराध’मा मृत्युदण्ड
जापानमा ‘नेपाल हाउस’ निर्माणका लागि ११ करोड सङ्कलन
तनहुँ समाज यूकेद्वारा बुद्धिबहादुर गुरुङको मिर्गौला उपचारका लागि २ लाख ६० हजार रुपैयाँ सहयोग
पुडासैनी नेतृत्वको एनआरएनए यूकेको भर्चुअल बैठक: यी हुन् महत्त्वपूर्ण चार निर्णय
जापान यात्रा २०२५ : नागोयामा नेपथ्यको पहिलो कार्यक्रम सम्पन्न