बेलायती निर्वाचनमा ईयूको प्रभाव नरहने

ब्रसेल्स (बेल्जियम), २१ वैशाख । बेलायती प्रधानमन्त्री टेरेजा मेले युरोपियन युनियन (ईयू) ले बेलायतमा यही जुनमा हुन लागेको निर्वाचनमा हस्तक्षेप गर्नसक्ने भनी आएको अभिव्यक्तिलाई ईयू पार्लियामेन्ट प्रमुख एन्टोनियो ताजामीले बिहीबार खारेज गर्नुभएको छ ।

‘कसैले पनि संयुक्त अधिराज्यको निर्वाचनमा प्रभाव पार्ने प्रयास गरेको पनि छैन र गर्ने पनि छैन’, ताजामीले युरोपियन इतिहास सङ्ग्रहालयको उद्घाटन समारोहका बीच सञ्चारकर्मीसँग बताउनुभयो ।

‘ईयू सदस्य हुनु र ईयूबाट बाहिरिनु एउटै होइन’ भन्ने अभिव्यक्ति दिनु कुनै आक्रमण र निन्दा नभएको उहांको भनाइ थियो ।

बेलायती प्रधानमन्त्री मेले बुधबार ब्रसेल्सलाई बेलायतको आगामी जुनमा हुन लागेको मध्यावधि निर्वाचनलाई प्रभावित पार्ने प्रयास गरेको भनी आरोप लगाउनुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री