लन्डन (बेलायत), २१ वैशाख । बेलायती महारानी एजिलावेथ द्वितीयका श्रीमान् ड्युक अफ एडिनबरा, राजकुमार फिलिपले आगामी अगस्टदेखि सार्वजनिक जिम्मेवारी बहन नगर्ने वकिङघम राजदरबारले घोषणा गरेको छ ।
राजदरबारबाट बिहीबार जारी एक वक्तव्यमा भनिएको छ, “पन्चानब्वे वर्षीय फिलिपले जिम्मेवारी बहन नगर्ने निर्णय आफ्नो इच्छाले गर्नुभएको छ भने यसमा महारानी एलिजावेथको पूर्ण समर्थन रहेको छ ।”
ड्युक अफ एडिनबराले अब नयाँ जिम्मेवारी नलिए पनि यसअघि तय भएका कार्यक्रममा भने सरिक रहनु हुनेछ । उहाँलाई अगस्ट उप्रान्त आउने औपचारिक कार्यक्रममा भने ड्युकका रुपमा जिम्मेवारी स्वीकार्नु हुने छैन ।
राजकुमार फिलिप अर्को महिनादेखि ९६ वर्षमा प्रवेश गर्नुहुनेछ । सन् १९४७ मा बेलायती महारानी एलिजावेथसँग वैवाहिक जीवनमा गाँसिएपछि ग्रीक राजकीय परिवारका निर्वासनमा रहेका सदस्य फिलिपको सयौँ बेलायती सङ्घसंस्थामा आवद्धता रहेको छ ।
निर्णय सार्वजनिक भएपछि प्रतिक्रिया जनाउँदै बेलायती प्रधानमन्त्री थेरेसा मेले ड्युक फिलिपको दशकौँ लामो सेवाप्रति आभार प्रकट गर्नुभएको छ ।
‘उहाँको निरन्तर बेलायती सङ्घसंस्थामा रहेको संरक्षकत्व तथा राजकीय काममा महारानी एजिलावेथलाई मिलेको सहयोगको बेलायती जनता, बेलायत र समग्र विश्व आगामी दिनमा समेत ऋणी हुनेछ’, प्रधानमन्त्री मेले भन्नुभयो ।
बेलायतको दरबार स्रोतले फिलिपले नयाँ सार्वजनिक कामको जिम्मेवारी नसम्हाल्ने घोषणा गर्नु भए पनि महारानीले भने आफ्नो सेवालाई निरन्तरता दिनुहुने बताइएको छ ।
सम्झनयोग्य कृति : सम्झनाको चोमोलुङ्मा
यस्तो छ मार्चमा हुने एनआरएनएको विश्व सम्मेलन र महाधिवेशन तालिका
‘द भ्वाइस अफ नेपाल’ सिजन ७ को उपाधि नीताकुमारी थापा मगरलाई
पोखरा अन्तरराष्ट्रिय म्याराथनको उपाधि केन्याका जुलियसलाई
मनोविद् डा. राईको पाँचौं कृति सार्वजनिक
नेपाली विद्यार्थीको शव स्वदेश पठाउन बेलायतमा उठ्यो साढे १० हजार पाउन्ड
बेलायतबाट डा हेमराज शर्माद्वारा एनआरएनएको अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा
नेपालका राष्ट्रपति पौडेलसमक्ष गोर्खा विग्रेडको वार्षिक प्रतिवेदन प्रस्तुत
एपस्टिनसँग म्यान्डेलसनको सम्बन्ध रहेको प्रकरणमा बेलायती प्रधानमन्त्रीका उच्च सहयोगीद्वारा राजीनामा
रामेछाप बस दुर्घटना : मृतकको संख्या १२ पुग्यो [अपडेट]