लन्डन । ननिटनस्थित नेपाली समुदायले प्रिजनर्स असिस्टेन्स नेपालकी संस्थापक अध्यक्ष आमा इन्दिरा रानामगरसंग अन्तरक्रिया गर्ने भएका छन् । समाजसेवी भिम सारु नेतृत्वको ‘ननिटन नेप्लिज कम्युनिटी’ ले इन्दिरासंग ६ मे शनिबार अन्तरक्रिया तथा रात्रीभोज कार्यक्रम गर्ने भएको हो । जिन्जर ट्रि रेष्टुरेन्टमा तय गरिएको कार्यक्रममा महिला समाजसेवी इन्दिराले सञ्चालन गरिरहेको संस्था ‘प्रिजनर्स असिस्टेन्स नेपाल’ (पिए नेपाल) लाई कसरी सहयोग गर्न सकिन्छ भन्नेबारे छलफल हुने भिम सारुले जनाए । कार्यक्रममा जेल परेका आमाबाबुका टुहुरा बालबालिकाको हकहित र आश्रय दिन समर्पित पिए नेपाल कसरी सञ्चालित छ, प्रायोजन के कसरी गर्न सकिन्छ आदिबारे छलफल हुने तय गरिएको छ ।
ननिटन नेपलिज कम्युनिटी यूकेबाट सम्भवतः पहिलो प्रायोजक संस्था हो जसले पिए नेपाललाई निरन्तर आर्थिक सहयोग गरिरहेको छ । प्रायोजित रकम खाद्यान्न, शिक्षा सामाग्री तथा स्वास्थ्य र हाइजिन गरि तीन क्षेत्रमा खर्च गरिने कम्युनिटीले जनाएको छ ।
इन्दिरा रानामगर नेपलिज चिल्ड्रेन ट्रष्टले ४ र ५ मे मा आयोजना गरेको एउटा सम्मेलनमा भाग लिन यतिखेर बेलायत आएकी छन् । सम्मेलन सकिएपछि उनले ननिटन नेपलिज कम्युनिटी, लन्डनस्थित नेपाली दूतावास र हिलिंगडन गोर्खा नेपलिज कम्युनिटीले गर्ने बेग्लाबेग्लै कार्यक्रममा समेत सहभागिता जनाउने बताइएको छ । उनी बेलायतबाट न्यूजिल्याण्डमा हुने विश्व मञ्चको सम्मेलनमा भाग लिन ७ मेका दिन त्यसतर्फ लाग्ने भिम सारुले जानकारी दिए ।
तमु धीं यूकेले भव्य रुपमा मनायो ल्होछार
इराकमा कार्यरत नेपालीलाई अभिलेखीकरणमा ल्याउने नेपाल सरकारको निर्णय अत्यन्त स्वागतयोग्य : एनआरएनए
रास्वपा सभापति र काठमाडौं महानगर प्रमुखबीच राजनीतिक सहमति, भावी प्रधानमन्त्रीको उम्मेदवार बालेन्द्र शाह
जनवरी १ मा लन्डनमा टोपी दिवस मनाइने
नेपालमा सवा ९ लाख मतदाता थपिए
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक