लन्डन । गैर आवासीय नेपाली संघ (एनआरएनए) ले प्रवासमा बस्ने लाखौं नेपाली मतदान गर्ने अधिकारवाट वञ्चित भएको भन्दै नेपाल सरकारलाई त्यसतर्फ पहल गर्न आग्रह गरेको छ । एनआरएनले विदेशमा रहेका नेपालीहरु लामो समयपछि नेपालमा हुन गइरहेको स्थानीय निर्वाचनमा मतदानको अधिकारवाट वञ्चित भएको बताउंदै नेपाल सरकारले यस विषयमा सम्वोधन गर्नुपर्ने एनआरएनए उपाध्यक्ष भवन भट्टले बताए ।
एनआरएनएले एक प्रेस विज्ञप्ति जारी गर्दै घर परिवार र देशका लागि विदेशमा रगत पसिना बगाएर नोट पठाउनेहरुलाई सरकारले भोटको व्यवस्था गर्ने तर्फ कत्ति पनि नसोचेकोमा दुःख व्यक्त गरिएको छ । विज्ञप्तिमा भनिएको छ, ‘हामी विदशेमा बस्ने लाखौं नेपालीले राजदूतावास वा अन्य प्रविधिमार्फत भोट दिने ब्यवस्थाका लागि राज्यले पहल गरोस् । लोकतन्त्रमा नागरिकको मतदान गर्न पाउने आधारभूत अधिकारको राज्यले सम्वोधन गर्नुपर्दछ ।’
यस विषयमा राज्यका अन्य निकाय समेतले केही नबोलिदिंदा विदेशीएका नेपालीको भावनामा समेत चोट पुगेको एनआरएनए उपाध्यक्ष भवन भट्टले बताए ।
‘विदेशमा बसेर दिनरात देशका बारेमा सोच्ने लाखौ युवा पिंढीहरू यो महत्वपूर्ण क्षणमा आफूलाई पनि समाहित गर्न चाहन्छन्’, भट्टले भने ।
बेलायतद्वारा रुसको प्रतिबन्धित तेल ट्याङ्कर नियन्त्रणमा
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा
फिफा विश्वकप फुटबल : स्कटल्याण्डले हाइटीलाई हरायो
नेपाली दूतावास लन्डनले २८ जुनमा स्वीन्डनमा घुम्ती शिविर सञ्चालन गर्ने [सूचनासहित]
तमु धीं यूकेको १७औँ नेपाली मेला अगस्ट ३० मा, एम्बासडर कपदेखि सांस्कृतिक प्रतिस्पर्धा हुने
भूपू ब्रिटिश गोर्खाको मुद्दामा लन्डन दूतावासमा उच्चस्तरीय वार्ता
भूपू गोर्खा मुद्दाबारे बेलायत र नेपालका मन्त्रीको उपस्थितिमा आज लन्डनमा वार्ता
सबैले सेयर किनी नेपाली भिलेज यूके ऐतिहासिक परियोजना सफल पार्न आह्वान
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल
उत्तरी आयरल्याण्डलगायत क्षेत्रमा अशान्ति, सतर्क रहन बेलायतवासी नेपालीलाई एनआरएनए यूकेको अपिल