लण्डन । लण्डनको उत्तर पश्चिमी क्षेत्र ह्यारो वेष्टका सांसद तथा आसन्न संसदीय निर्वाचनमा लेबोर पार्टीका उम्मेदवार ग्यारेथ थोमसले स्थानीय नेपालीसित भेटी उनीहरुका समस्याका बारेमा छलफल गरेका छन् ।
उनले बुधबार स्थानीय नेपलिज ब्रिटिश कम्युनिटी (एनबीसी) युकेको प्रतिनिधि मण्डलसित भेटघाट गरेका छन् ।
कम्युनिटीका अध्यक्ष मिलन घिमिरेको निवासमा भएको छलफलमा कम्युनिटीका प्रतिनिधिले सो क्षेत्रमा बसोबास गर्ने वृद्ध गोरखाहरुलाई दिउँसो हेरचाहका लागि सेवा उपलब्ध गराउनुपर्ने माग गरेका थिए । यस्तै, सो क्षेत्रमा ग्रामर स्कुल नहुँदा अभिभावकहरु अन्यत्र सर्न परिरहेकोले सो क्षेत्रमा ग्रामर स्कुलका लागि पहल गर्न पनि आग्रह गरेका थिए ।
कम्युनिटीले बालबालिकालाई नेपाली भाषा र बृद्धबृद्धालाई अंग्रेजी भाषा कक्षा सिकाइरहेको, बेलायती समाजमा अन्तरघुलन हुनका लागि काम गरिरहेको उल्लेख गर्दै एनबीसी टोलीले संस्थालाई आर्थिक रुपमा र कार्यालय स्थापनाका लागि सहयोग गर्न पनि प्रस्ताव गरेका थिए ।
भेटघाट करिब एक घण्टा चलेको थियो । आगामी महिना हुने निर्वाचनलाई मध्यनजर गरी संसदीय उम्मेदवारहरुले नेपाली समुदायलाई पनि भेट्न शुरु गरेका छन् ।
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित
अमेरिकी एयरलाइन्सले एक हजार उडान रद्द गर्यो, सरकारी बन्दको असर बढ्दै
हङकङ इन्टरनेशनल सिक्सेस प्रतियोगिता : नेपालद्वारा भारत ९२ रनले पराजित
नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री अफताव आलमको निधन
११ राजदूत फिर्तासँगै परराष्ट्रकै कर्मचारीलाई तोकियो कार्यवाहक, बेलायतमा दुवाडी
बेलायतमा ८ नोभेम्बरमा जीआरएनसीको ‘रिमेम्बरेन्स डे’समारोह
लन्डन जाने रेलमा छुरा प्रहार : ९ जना गम्भीर घाइते, दुई संदिग्ध पक्राउ
बेलायतसहित देशका नेपाली राजदूत फिर्ता बेलाउने सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
नेपाल बाहिर रहेका नेपालीलाई मतदान अधिकार प्रदान गर्ने विषयमा छलफल
नेपाल सरकार मन्त्रिपरिषद्द्वारा जेनजी आन्दोलनका मृतक ४५ जनालाई सहिद घोषणा [नामावलीसहित]