लन्डन । एमाले निकट प्रवासी नेपाली मञ्च यूकेको नयां नेतृत्वका आंकाक्षीहरु भित्री तयारीमा लागेका छन् । वर्तमान अध्यक्ष रामशरण सिम्खडाको कार्यकाल यही जुन महिनामा सकिने भएपछि नयां नेतृत्वका लागि दौडधुप शुरु भएको हो ।
आइतबार लन्डनमा बसेको मञ्चको जिल्ला कमिटी बैठकले यही जुन २५ मा चौंथो अधिवेशन गर्ने निर्णय गरेको थियो । सो निर्णयपछि आफूलाई नयां नेतृत्व रुपमा उभ्याउन भित्री तयारी शुरु भएको छ । औपचारिक रुपमा कसैले अध्यक्षका लागि दावी नगरेपनि प्रवासी नेपाली मञ्च यूकेका सल्लाहकार राजेन्द्र पुडासैनी, उपाध्यक्षद्धय रवीन्द्र कंडेल, रामजी बराल र महासचिव तुङगभद्र भुसालवीच प्रतिस्पर्धा हुने देखिएको छ । यद्यपि उनीहरुले वीनेपालीसंग भने, ‘सर्वसम्मत नेतृत्वका लागि पहल गरिनेछ ।’ पुडासैनीले नेतृत्व दावीका लागि सल्लाह सुझाव लिइरहेका छन् ।
यता, तीन वर्ष ४ महिना काम गर्ने अवसर दिएकोमा धन्यवाद दिदै अध्यक्ष सिम्खडाले यही मे अन्तिम सम्ममा सदस्यता नवीकरणका लागि आग्रह गरेका छन् ।
अध्यक्ष सिम्खडाले संगठन हांक्न सक्ने, वैचारिक रुपमा प्रस्ट र जुझारु, संगठनका लागि समय दिन सक्ने तथा गुटगत राजनीतिबाट संगठनलाई टाढा राख्न सक्ने नेतृत्वलाई पद हस्तान्तरण गर्न आफू आतुर रहेको बताए । उनका अनुसार, पक्ष- विपक्ष र गुट-उपगुटतिर नलागि स्वतन्त्र रुपमा अधिवेशन गराइने छ ।
पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकलाई बिहीबारभित्र अनुसन्धान पूरा नभएमा हिरासत मुक्त गर्न सर्वोच्चको आदेश
इरान र अमेरिकाबीच ४५ दिने युद्ध विराम प्रस्ताव
नेपाल पत्रकार महासङ्घ र सञ्चारमन्त्री तिमिल्सिनाबीच सरकारी विज्ञापनसम्बन्धी छलफल
नेपालमा लगानीको लागि अभिप्रेरित गर्न विश्वमा छरिएर रहेका नेपालीहरूलाई राष्ट्रपति पौडेलको आग्रह
पर्वत समाज यूकेको च्यारिटी डिनर कार्यक्रम सम्पन्न, झण्डै १४ हजार पाउन्ड संकलन
जितबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानद्वारा विभिन्न पुरस्कार घोषणा
लन्डन दूतावासमा २५ अप्रिलमा नेपाली बालबालिकाका लागि ‘वान चाइल्ड, वान प्लान्ट’ कार्यक्रम हुने
संसद्मा रवि लामिछानेको उद्घोष – ‘एकपटकको नेपाली सधैंको नेपाली’को वाचा पूरा गरेरै छाड्छौं
भूपू गोर्खाहरूलाई नागरिकको दर्जामा राख्न नेपाल सरकारसँग सांसद हर्कराज राईको माग
नेपालमा हवाई इन्धनको मूल्य बढ्यो, अमेरिकामा पेट्रोलको मूल्य सन् २०२२ यताकै उच्च