लन्डन । नेपाल आदिवासी जनजाति महासंघ युकेको संघीय परिषद् बैठक सोमबार सम्पन्न भएको छ । आसफोर्डमा भएको सो बैठकमा महासंघमा आवद्ध ११ संस्थाका अध्यक्ष तथा प्रतिनिधि एवं संघीय परिषद सदस्यहरुको सहभागिता थियो ।
बैठकमा महासचिव कर्म पहाडीद्धारा प्रस्तुत सांगठानिक प्रतिवेदन र इन्द्र दुराले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन छलफलपछि संशोधनसहित पारित गरियो ।
बैठकमा मगर संघ युकेका अध्यक्ष नेम थापा, तमु धिँ युकेका अध्यक्ष ज्ञाम गुरुङ, किरात याक्थुङ चुम्लुङ युकेका अध्यक्ष काजीमान याक्सो, छन्त्याल समाज युकेका अध्यक्ष झक छन्त्याल, किरात याख्खा छुम्मा युकेका अध्यक्ष धन रोगु, तामाङ सोसाइटी अफ युकेका उपाध्यक्ष होम लोप्चन, किरात राई यायोख्खाका प्रतिनिधि रिटायर्ड मेजर भूपजित राई, सुनुवार सेवा समाज युकेका प्रतिनिधि होम सुुनुवार, शेर्पा समाज युकेका प्रतिनिधि प्रेमदोर्जी शेर्पा, संघीय गठबन्धनका संयोजक पदम गाहा, फोनिज युकेका अध्यक्ष विश्वास दीप तिगेला, आदिवासी जनजाति महिला महासंघ युकेका उपाध्यक्ष गंगामाया दुरा, महासंघका पूर्व अध्यक्षद्धय थर्क राना र सिरीप्रसाद लिम्बु तथा सल्लाहकार गणेश इजम, एकेन्द्र गुरुङ, एनआरएनए युकेका प्रवक्ता खुसी लिम्बु लगायतको उपस्थिति थियो ।
कार्यक्रमका मुख्य अतिथि नेपाल आदिवासी जनजाति महासंघका पूर्व सचिव भक्त दुरा थिए । नेपालमा नेपाल आदिवासी जनजाति महासंघले गर्दै आएको विरोध तथा जनअवज्ञा कार्यक्रममा महासंघ युकेको पूर्ण समर्थन र सहयोग रहने साथै नेपालको नयाँ नेतृत्वसंग राम्रो सम्बन्ध विकास भएकाले अझ सशक्त रुपबाट अघि बढ्न सहज भएको अध्यक्ष तुल छन्त्यालले बताए ।
कार्यक्रममा उपाध्यक्ष लोकेन्द्र तबेबुङले स्वागत दिएका थिए भने महासचिव कर्म पहाडीले कार्यक्रम सञ्चालन गरेका थिए ।
बेलायतमा ए–स्टार नेपाल बास्केटबल लिग’को फाइनल जुलाई ४ मा, टिकट बिक्री सुरु
महान्यायाधिवक्ता डा कँडेल नेपाल–बेलायत आवतजावतको अभिलेख झिकाउन सर्वोच्चको आदेश
विश्व पर्या कविता प्रतियोगिता–२०२६ का लागि ३० डिसेम्बरसम्ममा रचना पठाउन आह्वान
एमाले उपाध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री विष्णुप्रसाद पौडेल थप तीन दिन थुनामा
बेलायतको प्रधानमन्त्रीको प्रतिक्षारत उम्मेदवारद्वारा आर्थिक एजेन्डा सार्वजनिक हुँदै
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
अभिव्यक्ति श्रृंखलामा स्रष्टा चिम्खोले काइँलाले सुनाए सृजना
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने