अङ्कारा (टर्की), १९ वैशाख । टर्कीका राष्ट्रपति रेसेप तैयप एर्डोगानले मङ्गलबार टर्कीको सत्ताधारी दल ‘इस्लामिक जस्टिस एन्ड डेभलपमेन्ट पार्टी’ (एकेपी) मा पुनःसम्मिलित हुनुभएको छ ।
एकेपीका सहसंस्थापकसमेत रहेका एर्डोगानले टर्कीको राजधानी इस्तानबुलमा एक भव्य समारोहका बीच सदस्यता पत्रमा हस्ताक्षर गरी आफूले पुरानै पार्टीमा समाहित भएको बताउनुभएको थियो ।
एर्डोगानको पुनःरागमनले पार्टीका नेता तथा कार्यकर्ता उत्साहित बन्दै उहाँलाई तालीसँगै राष्ट्रिय गान गाएर स्वागत गरिएको थियो ।
समारोहमा आफ्नी धर्मपत्नी एमिनसहित पुग्नभएका एर्डोगान समारोहमा एकेपीका अध्यक्ष तथा प्रधानमन्त्री बिनाली यल्दिरिमसँगै बस्नुभएको थियो ।
टर्कीमा राष्ट्रपतिलाई शक्तिशाली बनाउने वा आलङ्कारिक हैसियतमा राख्ने भन्ने जनमतसङ्ग्रहमा कार्यकारी राष्ट्रपतिको पक्षमा मतदान नतिजा आएसँगै उहाँले पार्टी प्रमुखका साथै शक्तिशाली राष्ट्रपतिका रूपमा काम गर्नु हुनेछ ।
यल्दिरिम प्रधानमन्त्रीका साथै पार्टीमा दोस्रो हैसियतमा रहन तयार हुनुभएको छ ।
एर्डोगानले सदस्यता पत्रमा हस्ताक्षर गरेपछि सङ्क्षिप्त प्रतिक्रिया जनाउँदै यल्दिरिमले उहाँ पुनः घरमा आउनुभएको बताउँदै स्वागत गर्नुभएको थियो ।
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
नेपाल सरकार र जेनजी प्रतिनिधिबीचको सम्झौता मन्त्रिपरिषद् बैठकबाट अनुमोदन