अङ्कारा (टर्की), १९ वैशाख । टर्कीका राष्ट्रपति रेसेप तैयप एर्डोगानले मङ्गलबार टर्कीको सत्ताधारी दल ‘इस्लामिक जस्टिस एन्ड डेभलपमेन्ट पार्टी’ (एकेपी) मा पुनःसम्मिलित हुनुभएको छ ।
एकेपीका सहसंस्थापकसमेत रहेका एर्डोगानले टर्कीको राजधानी इस्तानबुलमा एक भव्य समारोहका बीच सदस्यता पत्रमा हस्ताक्षर गरी आफूले पुरानै पार्टीमा समाहित भएको बताउनुभएको थियो ।
एर्डोगानको पुनःरागमनले पार्टीका नेता तथा कार्यकर्ता उत्साहित बन्दै उहाँलाई तालीसँगै राष्ट्रिय गान गाएर स्वागत गरिएको थियो ।
समारोहमा आफ्नी धर्मपत्नी एमिनसहित पुग्नभएका एर्डोगान समारोहमा एकेपीका अध्यक्ष तथा प्रधानमन्त्री बिनाली यल्दिरिमसँगै बस्नुभएको थियो ।
टर्कीमा राष्ट्रपतिलाई शक्तिशाली बनाउने वा आलङ्कारिक हैसियतमा राख्ने भन्ने जनमतसङ्ग्रहमा कार्यकारी राष्ट्रपतिको पक्षमा मतदान नतिजा आएसँगै उहाँले पार्टी प्रमुखका साथै शक्तिशाली राष्ट्रपतिका रूपमा काम गर्नु हुनेछ ।
यल्दिरिम प्रधानमन्त्रीका साथै पार्टीमा दोस्रो हैसियतमा रहन तयार हुनुभएको छ ।
एर्डोगानले सदस्यता पत्रमा हस्ताक्षर गरेपछि सङ्क्षिप्त प्रतिक्रिया जनाउँदै यल्दिरिमले उहाँ पुनः घरमा आउनुभएको बताउँदै स्वागत गर्नुभएको थियो ।
गोरखाली समाज यूकेको अध्यक्षमा टकमाया गुरुङ निर्विरोध निर्वाचित
नेपाली कम्युनिष्ट पार्टीको राष्ट्रिय महाधिवेशन आगामी मङ्सिर ११ देखि १५ सम्म
पोर्चुगलमा पहिलो नेपाली स्वयंसेवी अग्निनियन्त्रक धरमराज भण्डारी
संसदीय दलको नेता भीष्मराज आङ्देम्बेलाई बनाउने नेपाली कांग्रेसको निर्णय
नेपाल पत्रकार महासंघ यूकेले १० जुलाईमा १५औं स्थापना दिवस मनाउने
नेपाली दूतावास लन्डनले आगामी ३ मेमा प्रेस्टन क्षेत्र र ४ मेमा स्कटल्यान्डमा घुम्ती विशिर सञ्चालन गर्ने [सूचनासहित]
कौराहाले गुञ्जियो तनहुँको झापुटार,घोषणापत्र जारी गर्दै सकियो सम्मेलन
बेलायतमा बेपत्ता नेपाली वृद्धा सकुशल फेला
नेपालका गृहमन्त्री सुधन गुरुङको राजीनामा घोषणा
बेलायतको अल्डरसटबाट नेपाली ८१ वर्षीया वृद्धा सम्पर्कविहीन