इन्दिरा रानामगर लन्डन आउंदै

लन्डन । जेल परेका मानिसका सन्तानको रेखदेख गर्ने संस्था ‘प्रिजनर्स असिस्टेन्स नेपाल’ की संस्थापक महिला समाजसेवी इन्दिरा रानामगर बेलायत आउने भएकी छन् । उनी यही बुधबार लन्डन उत्रने भएकी हुन् । बेलायत आएका बेला आमा 
इन्दिरा रानामगरसंग एक कार्यक्रम हुने भएको छ । हिलिङडन गोर्खा नेपलिज कम्युनिटीकी अन्जना गुरुङले यही ७ मे आइतबार बिहान सम्मान कार्यक्रम राखिएको जनाइन् ।

हिलिङडन गोर्खा नेपलिज कम्युनिटी र नेपाल आदिवासी जनजाती महिला महासंघले इन्दिराकै उपस्थितिमा बन्दी सहायता नेपालको सहयोगार्थ गत ४ डिसेम्बर, २०१६ मा फेल्थाम कम्युनिटी कलेज हलमा एक च्यारिटी कार्यक्रम गरेका थिए । आइतबारको कार्यक्रममा सहयोगदातालाई इन्दिराको हातबाट सम्मान गर्न लागिएको अन्जनाले जनाइन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री