लन्डन । सन् १९५१ देखि संरक्षित इंग्ल्याण्डको उत्तर पश्चिम क्षेत्रमा अवस्थित लेक डिस्ट्रिक्ट राष्ट्रिय निकुन्ज ८८५ स्क्वायर माइलमा फैलिएको छ । समर शुरु हुंदै गर्दा ब्रिटेनको एउटा आकर्षक पर्यटकीय स्थल ‘लेक डिस्ट्रिक्ट’ विश्वभरका पर्यटकले भरिन्छ । तर, शनिबार भिन्न स्वरुपमा देखियो उक्त क्षेत्र ।
लेक डिस्ट्रिक्टका तीन चुचुरामा सयौं स्वयंसेवक एकत्रित थिए । ब्यारो, स्टाइल इण्ड र आउटर साइड चुचुरामा करिब ७ सय स्वयंसेवक उकालो चढ्न तत्पर भइरहंदा सांझ परिसकेको थियो । इभेन्ट फोटोग्राफरहरु कारमेन नोर्मन, टोम म्याकनेली र निक ल्याण्डेल्स्ले त्यो भीडमा बलिरहेको प्रकाश क्यामेरामा कैद गरिहाले । स्वयंसेवकले बालेका टर्चले नेपालको झण्डा आकृति दर्शाइरहेको थियो । ति स्वयंसेवक नेपालको भूकम्प पीडितलाई आर्थिक सहयोग जुटाउन तल्लिन देखिन्थे ।
तेश्रो ‘लेक ल्याण्ड फेस्टिबल अफ लाइट’ बाट नेपालका भूकम्प पीडितलाई दश हजार पाउण्ड उठाइएको लेकल्याण्ड माउन्टेन गाइड तथा कार्यक्रम आयोजक म्याट लि भोइले जनाए । ‘चुचुरोमा विभिन्न रंगले नेपाली झण्डा प्रतिनिधित्व गर्दा सांच्चिकै रमणीय देखिएको थियो’, म्याटले सुनाए, ‘कार्यक्रम सोचेभन्दा सफल भयो । अब फेज वल्डवाइड नामक च्यारिटी मार्फत भूकम्प पीडितलाई रकम पठाउने हाम्रो योजना छ ।’ म्याटले आगामी वर्ष पनि यस्तो कार्यक्रमलाई निरन्तरता दिइने बताए ।
कार्यक्रमले भविष्यमा बेलायतबाट नेपालका लागि थप सहयोग जुटाउन प्रेरित गर्ने अपेक्षा छ ।
गत वर्ष यस्तै प्रकृतिको कार्यक्रम गरेर ११ हजार पाउण्ड संकलन गरिएको थियो । गत वर्षको क्याटबेल्स् फेस्टिबल अफ लाइटमा करिब ५ सय सहभागी थिए ।
भूकम्पपछि बेलायतबाट जनस्तरमा आर्थिक सहयोग जुटाउने क्रम निरन्तर छ । बेलायत सरकारले भूकम्पपछि नेपालमा राहत तथा पुनर्निर्माणमा १४ करोड पाउण्ड सहयोग गरेको छ ।
बेलायतमा ए–स्टार नेपाल बास्केटबल लिग’को फाइनल जुलाई ४ मा, टिकट बिक्री सुरु
महान्यायाधिवक्ता डा कँडेल नेपाल–बेलायत आवतजावतको अभिलेख झिकाउन सर्वोच्चको आदेश
विश्व पर्या कविता प्रतियोगिता–२०२६ का लागि ३० डिसेम्बरसम्ममा रचना पठाउन आह्वान
एमाले उपाध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री विष्णुप्रसाद पौडेल थप तीन दिन थुनामा
बेलायतको प्रधानमन्त्रीको प्रतिक्षारत उम्मेदवारद्वारा आर्थिक एजेन्डा सार्वजनिक हुँदै
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
अभिव्यक्ति श्रृंखलामा स्रष्टा चिम्खोले काइँलाले सुनाए सृजना
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने