लन्डन । सन् १९५१ देखि संरक्षित इंग्ल्याण्डको उत्तर पश्चिम क्षेत्रमा अवस्थित लेक डिस्ट्रिक्ट राष्ट्रिय निकुन्ज ८८५ स्क्वायर माइलमा फैलिएको छ । समर शुरु हुंदै गर्दा ब्रिटेनको एउटा आकर्षक पर्यटकीय स्थल ‘लेक डिस्ट्रिक्ट’ विश्वभरका पर्यटकले भरिन्छ । तर, शनिबार भिन्न स्वरुपमा देखियो उक्त क्षेत्र ।
लेक डिस्ट्रिक्टका तीन चुचुरामा सयौं स्वयंसेवक एकत्रित थिए । ब्यारो, स्टाइल इण्ड र आउटर साइड चुचुरामा करिब ७ सय स्वयंसेवक उकालो चढ्न तत्पर भइरहंदा सांझ परिसकेको थियो । इभेन्ट फोटोग्राफरहरु कारमेन नोर्मन, टोम म्याकनेली र निक ल्याण्डेल्स्ले त्यो भीडमा बलिरहेको प्रकाश क्यामेरामा कैद गरिहाले । स्वयंसेवकले बालेका टर्चले नेपालको झण्डा आकृति दर्शाइरहेको थियो । ति स्वयंसेवक नेपालको भूकम्प पीडितलाई आर्थिक सहयोग जुटाउन तल्लिन देखिन्थे ।
तेश्रो ‘लेक ल्याण्ड फेस्टिबल अफ लाइट’ बाट नेपालका भूकम्प पीडितलाई दश हजार पाउण्ड उठाइएको लेकल्याण्ड माउन्टेन गाइड तथा कार्यक्रम आयोजक म्याट लि भोइले जनाए । ‘चुचुरोमा विभिन्न रंगले नेपाली झण्डा प्रतिनिधित्व गर्दा सांच्चिकै रमणीय देखिएको थियो’, म्याटले सुनाए, ‘कार्यक्रम सोचेभन्दा सफल भयो । अब फेज वल्डवाइड नामक च्यारिटी मार्फत भूकम्प पीडितलाई रकम पठाउने हाम्रो योजना छ ।’ म्याटले आगामी वर्ष पनि यस्तो कार्यक्रमलाई निरन्तरता दिइने बताए ।
कार्यक्रमले भविष्यमा बेलायतबाट नेपालका लागि थप सहयोग जुटाउन प्रेरित गर्ने अपेक्षा छ ।
गत वर्ष यस्तै प्रकृतिको कार्यक्रम गरेर ११ हजार पाउण्ड संकलन गरिएको थियो । गत वर्षको क्याटबेल्स् फेस्टिबल अफ लाइटमा करिब ५ सय सहभागी थिए ।
भूकम्पपछि बेलायतबाट जनस्तरमा आर्थिक सहयोग जुटाउने क्रम निरन्तर छ । बेलायत सरकारले भूकम्पपछि नेपालमा राहत तथा पुनर्निर्माणमा १४ करोड पाउण्ड सहयोग गरेको छ ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा