लन्डन । लन्डन साउथहयारोस्थित गोल्डेन सीप रेष्टुरेन्टका सञ्चालक देव गुरुङ एक जमाना फिल्म निर्माणमा बडो सक्रिय थिए । खासमा भूतपूर्व ब्रिटिश लाहुरे उनी । हलिउड कलाकार ज्याकी च्यानसंग मिल्लो जुल्दो अनुहारले धेरै उनलाई नेपाली ज्याकी च्यान भनेर पनि जिस्क्याउंछन् । फेरि फिल्म निर्माण गर्ने सोच बनाइरहंदा देवको अचेल नेपाली लोक दोहोरीसंग पनि साइनो गांसिएको छ । उनी प्रत्येक साता जस्तो नेपालका राष्ट्रिय कलाकार आफ्नो रेष्टुरेन्टमा बोलाएर कार्यक्रम गर्न सक्रिय छन् ।
यही सिलसिलामा उनले आगामी ५ मे शुक्रबार सांझ लोक दोहोरी कलाकारहरु गीता पाइजा र लाली बुढाथोकीलाई बोलाएर रेष्टुरेन्टमा कार्यक्रम गर्ने तयारी गरेका छन् । उक्त कार्यक्रममा सहभागी भएर रमाइलो गर्न देवको निम्तो छ ।
गत साता उनले लोक गायक गायिका राजु ढकाल, जानकी तारामी मगर र डान्सर रश्मी तामाङ बोलाएर जोडदार कार्यक्रम गरे । बीरु लामा, मधुसुदन थापा, जुना श्रीस मगर, धर्मेन्द्र सेवान, श्रेया सोताङ, बीग आइकन साजन आले, कुन्ती मोक्तान, धिरज राई, आनन्द कार्की जस्ता कलाकार र स्थानीय व्याण्डहरु दाजु भाइ, आवाज आदिलाई उनले निम्त्याइसकेका छन् ।
‘नेपालबाटै कलाकार झिकाउन सम्भव नभएपनि बेलायत आएका प्राय कलाकार बोलाएर कार्यक्रम गर्ने गरेको छु’, उनी भन्छन्, ‘नेपाली लोक दोहोरी गीतको प्रवर्धन र मनोरन्जन प्रदान गर्ने उद्देश्य पनि हो ।’
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित
अमेरिकी एयरलाइन्सले एक हजार उडान रद्द गर्यो, सरकारी बन्दको असर बढ्दै
हङकङ इन्टरनेशनल सिक्सेस प्रतियोगिता : नेपालद्वारा भारत ९२ रनले पराजित
नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री अफताव आलमको निधन
११ राजदूत फिर्तासँगै परराष्ट्रकै कर्मचारीलाई तोकियो कार्यवाहक, बेलायतमा दुवाडी
बेलायतमा ८ नोभेम्बरमा जीआरएनसीको ‘रिमेम्बरेन्स डे’समारोह
लन्डन जाने रेलमा छुरा प्रहार : ९ जना गम्भीर घाइते, दुई संदिग्ध पक्राउ
बेलायतसहित देशका नेपाली राजदूत फिर्ता बेलाउने सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
नेपाल बाहिर रहेका नेपालीलाई मतदान अधिकार प्रदान गर्ने विषयमा छलफल
नेपाल सरकार मन्त्रिपरिषद्द्वारा जेनजी आन्दोलनका मृतक ४५ जनालाई सहिद घोषणा [नामावलीसहित]