जेनेभा (स्विट्जरल्यान्ड), १८ वैशाख । सिरियाको द्वन्द्वमा पछिल्लो समयमा भएगरेका अमानवीय अपराधको छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याउन संयुक्त राष्ट्रसङ्घद्वारा गठन भएको छानबिन टोलीको छिट्टै आफ्नो काम सुरु गर्ने राष्ट्रसङ्घ मानवअधिकार प्रमुख जैयद राद हुसैनले बताउनुभएको छ ।
सोमबार स्विट्जरल्यान्डको जेनेभामा सञ्चारकर्मीसँग कुराकानी गर्दै अनुसन्धान प्रक्रियालाई अघि बढाउन ख्यातिप्राप्त न्यायाधीश र अन्तर्राष्ट्रिय वकिलले छानबिन समितिको नेतृत्व गर्नेछ । हुसेनले छानबिन समितिको नाम र सदस्य छिट्टै घोषणा हुने बताउनुभयो ।
छानबिनका लागि सुरुमा एक करोड ३० लाख अमेरिकी डलर छुट्याइएको र आधा बजेटको व्यवस्था भइसकेको छ । साथै बाँकी आधा बजेट व्यवस्थापनका लागि कैयौँ देशले प्रतिबद्धता जनाइसकेका कारण पूर्ण बजेटको छिट्टै टुङ्गो लाग्नेछ ।
यसअघि सन् २०१६ को डिसेम्बरमा गठन गरिएको छानबिन टोलीलाई सिरियाली राष्ट्रपति बर अल असदको सरकारद्वारा मुलुकको सार्वभौम अधिकारमाथि सहन नसकिने हस्तक्षेप भनी अस्वीकार गरिएको थियो ।
छानबिन टोलीले युद्धमा दोषी व्यक्तिसहित उनीहरुमाथि कारबाहीका लागि अन्तर्राष्ट्रिय अदालतमा सिफारिस गर्ने जनादेश प्रदान गरेको छ ।
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
नेपाल सरकार र जेनजी प्रतिनिधिबीचको सम्झौता मन्त्रिपरिषद् बैठकबाट अनुमोदन