लण्डन । नेप्लिज डक्टर्स एसोसिएसन युकेले नेप्लिज नर्सेस एसोसिएसन र मेडिस्टोन नेपाली कम्युनिटीसितको संयुक्त आयोजनामा मेडिस्टोनमा नेपाली समुदायलाई लक्षीत गरी स्वास्थ्य जाँच गरेको छ ।
मेडिस्टोन मार्केट हलमा आइतबार भएको सो कार्यक्रमको पहिलो भागमा सहभागीहरुलाई स्वास्थ्य चेतना र शिक्षा दिएको थियो । डा. चुडा कार्कीले डिप्रेसन, डा. अच्युत धितालले हाइपर टेन्सन, डा. कपिल रिजालले डेन्टल हाइजिन, डा. कमल अर्यालले पेट दुखाइका बारेमा जानकारी दिएका थिए । डा. राघव धिताल समापन मन्तब्य दिएका थिए ।
दोस्रो सत्रमा स्वास्थ्य परीक्षण गरिएको थियो । डा. बीना सुब्बा, डा. रसना बज्राचार्य, डा. कपिल रिजाल, डा. चुडा कार्की, डा. कमल अर्याल, डा. अच्युत धिताल, डा. गौरव गुरुङ, नर्सहरु प्रसुना कँडेल, सुशीला कार्की, मन सुनुवार सोनोग्राफरहरु जयश्री पटेल, हेसु बराला लगायतले स्वास्थ्य परीक्षण गरेका थिए ।
कार्यक्रमको तेस्रो चरणमा च्यारिटी डिनरको आयोजना गरिएको थियो । डा. बीना सुब्बाको अध्यक्षतामा भएको सो कार्यक्रमको प्रमुख अतिथि बेलायतका लागि नेपाली राजदुत डा. दुर्गाबहादुर सुवेदी र मेडिस्टोनका मेयर डेरेक बटलर रहेका थिए । कार्यक्रममा मेडिस्टोन नेपाली कम्युनिटीका अध्यक्ष मेजर रिटायर्ड दुतप्रसाद गुरुङ र बीना सुब्बाले स्वागत मन्तब्य दिएका थिए भने डा. सुमिन्द्रा पुन र डा. एञ्जल मगरले च्यारिटीका बारेमा जानकारी दिएका थिए । कार्यक्रममा मेयर बटलर, राजदुत क्षेत्रीले प्रमुख अतिथिको मन्तब्य दिएका थिए भने नेपाल पत्रकार महासंघ युकेका अध्यक्ष नरेश खपाङ्गीमगरले युकेमा नेपाली पत्रकारिताबारे प्रवचन दिएका थिए ।
सो अवसरमा डाक्टरहरुले नाच तथा गीत पनि सुनाएका थिए । त्यसबाहेक नेपालबाट आएका कलाकारहरु लाली बुढाथोकी र गीता पाइजाले गीत गाएका थिए ।
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित
अमेरिकी एयरलाइन्सले एक हजार उडान रद्द गर्यो, सरकारी बन्दको असर बढ्दै
हङकङ इन्टरनेशनल सिक्सेस प्रतियोगिता : नेपालद्वारा भारत ९२ रनले पराजित
नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री अफताव आलमको निधन
११ राजदूत फिर्तासँगै परराष्ट्रकै कर्मचारीलाई तोकियो कार्यवाहक, बेलायतमा दुवाडी
बेलायतमा ८ नोभेम्बरमा जीआरएनसीको ‘रिमेम्बरेन्स डे’समारोह
लन्डन जाने रेलमा छुरा प्रहार : ९ जना गम्भीर घाइते, दुई संदिग्ध पक्राउ
बेलायतसहित देशका नेपाली राजदूत फिर्ता बेलाउने सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
नेपाल बाहिर रहेका नेपालीलाई मतदान अधिकार प्रदान गर्ने विषयमा छलफल
नेपाल सरकार मन्त्रिपरिषद्द्वारा जेनजी आन्दोलनका मृतक ४५ जनालाई सहिद घोषणा [नामावलीसहित]