उक्त छलफलमा सांसद विल्सनले वर्तमान राजनीतिक अवस्था र आगामी निर्वाचनमा कन्जरभेटिभ पार्टीको धारणाका बारेमा प्रकाश पार्दै आफू नेपाली समुदायको हितका लागि सकारात्मक भएको र सन् २००९ मा गोरखासंग सम्बन्धित प्रस्तावको पक्षमा मतदान गरेको भनाइ राखे । छलफलमा नेपालीले नेपाली समुदायको तर्फबाट खासगरी सामुदायिक भवनको अभावका कारण भोग्नुपरेका समस्या, स्वास्थ्य उपचारका लागि जनरल प्राक्टिसनर्स (जि पि) मा हुने ढिलाई, दक्ष एवं उच्च शिक्षा हासिल गरेर पनि उपयुक्त रोजगारी अभाव, भिषा निवेदनको फस्र्योटमा हुने ढिलाई र ब्रेक्जिटपछि उत्पन्न हुने परिस्थितिबाट नेपाली समुदायलाई पर्नसक्ने प्रभावका बारेमा जिज्ञासा राखेका थिए । सांसदले सामुदायिक भवनको खोजी र दक्ष जनशक्तिको रोजगार प्रवर्धनका लागि सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्दैं अध्यागमन सम्बन्धी कुनै समस्या भए आंफूसंग सम्पर्क राख्न समेत अनुरोध गरे । साथै ब्रेक्जिट पश्चात् यूरोपियन आप्रवासीहरुको आगमनमा हुने कमीले नेपाली लगायत अन्य मुलुकका आप्रवासीहरुको लागि रोजगारी र अन्य सुविधामा झन् सहजता आउने धारणा विल्सनको थियो ।
बेलायतमा ए–स्टार नेपाल बास्केटबल लिग’को फाइनल जुलाई ४ मा, टिकट बिक्री सुरु
महान्यायाधिवक्ता डा कँडेल नेपाल–बेलायत आवतजावतको अभिलेख झिकाउन सर्वोच्चको आदेश
विश्व पर्या कविता प्रतियोगिता–२०२६ का लागि ३० डिसेम्बरसम्ममा रचना पठाउन आह्वान
एमाले उपाध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री विष्णुप्रसाद पौडेल थप तीन दिन थुनामा
बेलायतको प्रधानमन्त्रीको प्रतिक्षारत उम्मेदवारद्वारा आर्थिक एजेन्डा सार्वजनिक हुँदै
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
अभिव्यक्ति श्रृंखलामा स्रष्टा चिम्खोले काइँलाले सुनाए सृजना
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने