वासिङटन (अमेरिका), १७ वैशाख । चीनका राष्ट्रपति सी जिन पिङले उत्तर कोरियाद्वारा देखाएको आणविक मोहका कारण आणविक कार्यक्रम रोक्न प्योङयाङमाथि दबाब दिइरहेको विश्वास अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जनाउनुभएको छ ।
‘यदि उत्तर कोरियाले थप आणविक परीक्षण गरयो भने यसले हामीलाई खुशी पक्के पनि पार्ने छैन’ उत्तर कोरियाको आणविक हतियारप्रतिको मोहविरुद्ध आफ्नो दृष्टिकोण राख्दै ट्रम्पले सीबीएस टेलिभिजन नेटवर्कको ‘फेस द नेसन कार्यक्रम’ मा बताउनुभयो ।
‘त्यसैगरी मलाई के पनि विश्वास छ भने विश्वमा नै सम्मानित चिनियाँ राष्ट्रपति सी पनि उत्तर कोरियाका यस्ता कार्यक्रमबाट खुशी हुनुहुन्न ।’ ट्रम्पले शनिबार सीबीएसलाई दिनुभएको अन्तरवार्तामा बताउनुभएको छ ।
के उत्तर कोरियासँगको बेखुशी हुनुको कारण ‘सैनिक कारबाही’ चलाइने सम्भावना छ त भन्ने प्रश्नमा ‘अहिले यस विषयमा यसै भन्न सकिन्न । मतलब आगामी गतिविधि हेरेर निर्णय आउँछ’, ट्रम्पले भन्नुभयो ।
उत्तर कोरियाले अघिल्लो हप्ताको अन्त्य अर्थात् शनिबार गरेको क्षेप्यास्त्र परीक्षण अमेरिकाको प्योङयाङको हतियारविरोधी गतिविधिलाई निरुत्साहित गर्न अन्तर्राष्ट्रिय नाकाबन्दीको चर्चा भइरहेका समयमा भएको छ । यसबाट अमेरिकालगायत युरोपेली मुलुक थप चिढिएका छन् ।
अमेरिकी विदेशमन्त्री रेक्स टिलरसनले संयुक्त राष्ट्रसङ्घ सुरक्षा परिषद्मा ‘अकल्पनीय नतिजा’ आउनसक्ने बताएको केही घण्टाभित्र उत्तरले फेरी एकपटक उत्तेजनात्मक प्रतिक्रियास्वरुप असफल क्षेप्यास्त्र परीक्षण गरेको छ ।
ट्रम्पले यो उत्तर कोरियाको सहयोगी चीनमाथिको ‘असम्मान’ हो भन्नुभयो ।
स्कटल्यान्डसँग नेपाल पराजित
नेपालमय बन्यो सान् फ्रान्सिस्को [तस्बिरहरु]
एनआरएनएले भन्यो – ‘नेपाल सरकारको नीति तथा कार्यक्रम स्वागतयोग्य’
तमु धीं यूकेले गर्यो गोर्खा कपमा मुख्य विधातर्फ ४० टिम पुर्याउने घोषणा, टिम दर्ताको समय मे १६ सम्म
नेपाल सरकारको नीति तथा कार्यक्रमः गैरआवासीय नेपालीको सहभागिता विस्तार गरिने