
लन्डन । गीतकार, कवि तथा समाजसेवी घनबहादुर थापा मगरका दुई एल्वम ‘बयान’ र ‘बस्ती’ ७ मेमा हकिन्ज कम्युनिटी हल, केन्टमा सार्वजनिक हुने भएको छ ।
विश्व नेपाली साहित्य महासंघ र नेपाली साहित्य विकास परिषद युकेको संयुक्त आयोजना तथा केन्ट मगर संघ, क्यान्टवरी नेपाली समाज र क्यान्टवरी नेपाली महिला समाजको सहयोगमा हुन लागेको एक कार्यक्रमबीच कृति विमोचनको तयारी छ ।
कार्यक्रममा निम्तालुलाई मात्र बोलाइएको छ ।
बेलायतका विशिष्ट ब्यक्तित्वहरुको उपस्थितिमा हुने सो कार्यक्रममा गायक शिव परियारले उक्त एल्वममा रहेका गीत ‘लाइभ’ गाउने छन् । साथै गीतकार थापाले समाज सेवामा गर्दै आएका कार्यहरुको छोटो डकुमेन्ट्री पनि देखाइने छ ।
‘बयान’मा राजकुमार बगरले संगीत दिएका छन् भने प्रसिद्ध कलाकारहरू रामकृष्ण ढकाल, स्वरूपराज आचार्य, प्रमोद खरेल, रामचन्द्र काफ्ले, सन्तोष लामा र प्रेयसी चेम्जोङले श्वर दिएका छन्
‘बस्ती’ मा डाक्टर किरातले संगीत दिएका छन् साथै कलाकारहरू शिव परियार, मेलिना राई, सरला राई, राज सिग्देल, मुन्ना गुरूङ, दुर्गा परियार, पवन थापा, तारा श्रीष र दीपा लामाको आवाज सुन्न सकिन्छ ।
दुवै एल्वमको निर्मात्री श्रीमती कृष्णा थापा मगर रहेकी छिन् । दुवै एल्वमलाई विन्ध्यवासिनी म्यूजिकका सुवास रेग्मी र लीना रेग्मीले बजारमा ल्याएका हुन्।
गीतकार थापाले कलाकारहरू, संगीतकारहरू, उत्पादक, भिडियो निर्देशक सबैलाई धन्यवाद दिएका छन् ।
गीतकार तथा समाजसेवी घन थापा मगरका कृति कविता संग्रह ‘देशको माटोमा मेरो फूल’ सन् २०१३ मा प्रकाशित गरेपछि क्रमशः ‘क्याक्मीको कोसेली’ कविता संग्रह, ‘मेरो चिनो मेरो देश’ कविता संग्रह र ‘मायाको संसार’ गीति एल्वम सार्वजनिक भइसकेका छन् । ती कृतिहरूबाट जुटेको रकमले थापाले नेपालमा शैक्षिक तथा सामाजिक क्षेत्रहरुमा सहयोग गरिसकेका छन् ।
बेलायतमा ए–स्टार नेपाल बास्केटबल लिग’को फाइनल जुलाई ४ मा, टिकट बिक्री सुरु
महान्यायाधिवक्ता डा कँडेल नेपाल–बेलायत आवतजावतको अभिलेख झिकाउन सर्वोच्चको आदेश
विश्व पर्या कविता प्रतियोगिता–२०२६ का लागि ३० डिसेम्बरसम्ममा रचना पठाउन आह्वान
एमाले उपाध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री विष्णुप्रसाद पौडेल थप तीन दिन थुनामा
बेलायतको प्रधानमन्त्रीको प्रतिक्षारत उम्मेदवारद्वारा आर्थिक एजेन्डा सार्वजनिक हुँदै
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
अभिव्यक्ति श्रृंखलामा स्रष्टा चिम्खोले काइँलाले सुनाए सृजना
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने