सोल, १६ वैशाख । अमेरिकी विदेश मन्त्री रेक्स टिलरसनले प्योङयाङविरुद्ध कडा कदम चाल्नुपर्ने बताउनुभएको केही समयपछि उत्तर कोरियाले पुनःएउटा ब्यालेस्टिक क्षेप्यास्त्र परीक्षण गरेको छ । तर उक्त परिक्षण सफल भने हुन सकेन् ।
दक्षिण कोरिया र अमेरिकी अधिकारका अनुसार उक्त क्षेप्यास्त्र उडेको केही समयपछि नै विस्फोट भएको थियो । यसअघि यसै महिनामा उत्तर कोरियाले गरेको क्षेप्यास्त्र परीक्षण पनि विफल भएको थियो ।
प्योङयाङबाट उत्तरमा पर्ने प्याङगान प्रान्तको दक्षिणी क्षेत्रमा स्थानीय समयानुसार शनिबार बिहान ०५ः३० मा गरेको यो ब्यालेस्टिक क्षेप्यास्त्र परीक्षण गरिएको थियो ।
दक्षिण कोरियाली सैनिक स्रोतका अनुसार क्षेप्यास्त्रका प्रकृतिलगायत विस्तृत विवरण अझै पनि अनुसन्धारत नै रहेको छ ।
यसअघि नै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्र्म्पले पनि उत्तर कोरियाले बारम्बार गरेको परमाणु र क्षेप्यास्त्र परीक्षणले एउटा ठूलो द्वन्द्व निम्त्याउने चेतावनी दिनुभएको थियो ।
कुटनीतिक माध्यमबाट उत्तर कोरियाको विवादको समाधान गर्न खोजेको तर त्यसप्रकार समस्या समाधान खोज्नु अत्यन्त कठिन भएको पनि ट्रम्पले बताउनुभएको थियो ।
यसअघि नै अमेरिकी विदेश मन्त्री रेक्स टिलरसनले अर्को परमाणु परीक्षण गरेमा उत्तर कोरियालाई चीनले प्रतिबन्ध लगाउने चेतावनी दिएको बताउनुभएको थियो ।
उता उत्तर कोरियाले भने अमेरिकामाथि हमलाको परिकल्पना गर्दै एउटा काल्पनिक भिडियो सार्वजनिक समेत गरेको थियो ।
राष्ट्रपति ट्रम्पले उत्तर कोरियाले बारम्बार गर्ने परमाणु परीक्षण कार्यक्रम आफ्ना लागि ठूलो विश्वव्यापी चिन्ताको विषय भएको बताउनुभएको छ ।
चिनियाँ राष्ट्रपति सि जिनपिङलाई एक जना असल व्यक्तिको सङ्ज्ञा दिँदै उहाँले आफ्नो अटेर गर्ने छमेकीलाई दबाब बढाइरहेको पनि ट्रम्पले जानकारी दिनुभएको थियो ।
खेलाडीद्वयलाई सिभाली र रेखमायालाई जनही ५१ हजार राशिको ‘तमु प्रतिभा पुरस्कार’ प्रदान
पोर्चुगलमा मनाइयो प्रजातन्त्र दिवस
नेपाली कांग्रेसको प्रतिज्ञापत्रमा गैरआवासीय नेपालीका मुद्दा
सहारा यूकेद्वारा तीन विद्यालयमा ९ लाख रुपैयाँको अक्षय कोष स्थापना
मार्सल ल प्रकरण : दक्षिण कोरियाका पूर्वराष्ट्रपति युन दोषी ठहर
भूतपूर्व गोर्खा सैनिकहरुका माग सम्बोधन गर्न छलफल जारी : बेलायतको रक्षा मन्त्रालय
‘द भ्वाइस अफ नेपाल’ सिजन ७ को उपाधि नीताकुमारी थापा मगरलाई
युरोप र बेलायतबीचको सम्बन्ध सुधारका लागि नेताहरूको जोड
पोखरा अन्तरराष्ट्रिय म्याराथनको उपाधि केन्याका जुलियसलाई
बेलायती र क्यानडाका नागरिकका लागि चीनले निःशुल्क भिसा नीति लागू गर्ने