लन्डन । आयरल्याण्डका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदीले बिहीबार आयरल्याण्डका राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र पेश गरेका छन् ।
राजदूत डा. सुवेदीले डब्लिनस्थित राष्ट्रपतिय दरबारमा आयोजित एक विशेष समारोहबीच आयरल्याण्डका राष्ट्रपति माइकल डि हिगिन्स्समक्ष ओहोदाको प्रमाणपत्र पेश गरेका हुन् । डा. सुवेदी बेलायतका लागि नेपाली राजदूत समेत हुन् ।
उक्त अवसरमा राजदूत सुवेदीले नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रपति हिगिन्ससमक्ष पठाएको शुभेच्छा र सुस्वास्थ अनि खुशीको सन्देश तथा आयरल्याण्डका जनताको शान्ति, प्रगति र समृद्धिको कामना सुनाएका थिए ।
ओहोदाको प्रमाणपत्र बुझेपछि राष्ट्रपति हिगिन्सले राजदूत सुवेदीलाई बधाइ दिंदै नेपालकी राष्ट्रपति र नेपाली जनताको सुख, समृद्धि र प्रगतिको शुभेच्छा व्यक्त गरेका थिए । हिगिन्सले सुवेदीलाई आफ्नो कार्यकालमा नेपाल र आयरल्याण्डबीच द्धिपक्षीय सम्वन्ध विस्तार गर्न सफलता मिलोस् भन्ने कामना समेत गरे ।
समारोहमा राजदूतले आयरल्याण्ड र नेपालबीचको सम्वन्ध अझ मजवुत बनाउने आफ्नो चाहना व्यक्त गर्दै नेपालको राजनीतिक, सामाजिक तथा आर्थिक विकास, नयां संविधान कार्यान्वयन र भूकम्पपछिको पुनर्निर्माणबारे अवगत गराएका थिए । राजदूत सुवेदीले महाभूकम्पको पीडाका बेला र नेपालको सामाजिक आर्थिक विकासमा आयरल्याण्डले गरेको सहयोग र साथप्रति आभार समेत व्यक्त गरेका थिए ।
उक्त अवसरमा आयरल्याण्ड सरकारका विशिष्ठ अधिकारीहरुको समेत उपस्थिति थियो ।
बेलायतमा ए–स्टार नेपाल बास्केटबल लिग’को फाइनल जुलाई ४ मा, टिकट बिक्री सुरु
महान्यायाधिवक्ता डा कँडेल नेपाल–बेलायत आवतजावतको अभिलेख झिकाउन सर्वोच्चको आदेश
विश्व पर्या कविता प्रतियोगिता–२०२६ का लागि ३० डिसेम्बरसम्ममा रचना पठाउन आह्वान
एमाले उपाध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री विष्णुप्रसाद पौडेल थप तीन दिन थुनामा
बेलायतको प्रधानमन्त्रीको प्रतिक्षारत उम्मेदवारद्वारा आर्थिक एजेन्डा सार्वजनिक हुँदै
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
अभिव्यक्ति श्रृंखलामा स्रष्टा चिम्खोले काइँलाले सुनाए सृजना
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने