काठमाडौँ, १४ वैशाख । अन्तर पार्टी महिला सञ्जालले स्थानीय तहको निर्वाचनमा महिलाको प्रतिनिधित्व ५० प्रतिशत पुरयाउन माग गरेको छ ।
सञ्जालले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा सञ्जालकी अध्यक्ष रेणुकुमारी यादवले देशमा विभिन्न समयमा भएका आन्दोलनमा महत्वपूर्ण भूमिका खेलेका महिलालाई समानुपातिक, समावेशी प्रतिनिधित्व सुनिश्चित गर्नका लागि भए पनि ५० प्रतिशत पुरयाउनुपर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, “संविधानमा स्थानीय तहमा ५० प्रतिशत, प्रादेशिक तहमा ४० र सङ्घीय तहमा ३३ प्रतिशत प्रतिनिधित्व हुने भने पनि निर्वाचनमा दुई पार्टी मिल्दा दुवै पार्टीले उम्मेदवार पुरुष उठाउँदा महिलाको सिट नपुग्ने हो कि भन्ने चिन्ता बढेको छ ।”
अध्यक्ष यादवले देशको नीति, निर्णय गर्ने ठाउँमा महिलालाई समावेश नगर्दा महिलाको अधिकार गुम्ने खतरा बढेर गएको बताउनुभयो । सञ्जालकी महासचिव यशोधा सुवेदीले स्थानीय तहको निर्वाचनमा दलित महिलालाई अनिवार्य रुपमा उठ्न पाउने व्यवस्था गरे पनि दलित नभएको ठाउँमा अरु महिला उठ्न पाउनुपर्ने माग गर्नुभयो ।
महिलाको अधिकारलाई लागि लड्दै आएको सञ्जालमा हाल विभिन्न १० राजनीतिक दलका महिला आबद्ध छन् ।
‘भोजपुर प्रतिभा सम्मान’ राईलाई र पुरस्कार गन्धर्वलाई प्रदान गर्ने भोजपुर प्रतिभा प्रतिष्ठान बेलायतको निर्णय
नेपालमा प्रतिनिधिसभा निर्वाचन आउन ६४ दिन बाँकी : ६४ वटा राजनीतिक दलले पेस गरे समानुपातिकतर्फको बन्दसूची
बङ्गलादेशकी पूर्वप्रधानमन्त्री खालिदा जियाको निधन
नेपालसहित विश्वका विभिन्न मुलुकमा मंगलबार तमु ल्होसार पर्व मनाइँदै
नेपालमा ‘विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली’ यही पुस १७ देखि लागु गरिँदै