काठमाडौँ, १४ वैशाख । सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले राष्ट्रिय एकतालाई बलियो बनाउन एकै चरणमा स्थानीय तहको निर्वाचन हुनुपर्ने बताउनुभएको छ ।
रिपोर्टर्स क्लब नेपालले आज यहाँ आयोजना गरेको साक्षात्कारमा अध्यक्ष यादवले दुई चरणमा हुने स्थानीय तहको निर्वाचन राष्ट्रको हितमा नभएको बताउनुभएको हो । उहाँले भन्नुभयो – “संविधान संशोधन गरेर एकै चरणमा निर्वाचनमा जाऔँ ।”
अध्यक्ष यादवले लाखौँ जनता मतअधिकारबाट वञ्चित भएको अवस्था र स्थानीय तहको सङ्ख्या टुङ्गो नलागिसकेको अवस्थामा यसलाई समेटेर निर्वाचनमा जानुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो – “स्थानीय तहको सङ्ख्या बढाउने निर्णयबाट पछाडि हट्नु सरकारको निर्णय ‘कुहिरोभित्रको काग’ जस्तो हो ।”
उहाँले संविधान संशोधन पारित भए आगामी निर्वाचनमा आफ्नो पार्टी देशभरि चुनाव लड्ने बताउँदै निर्वाचनमा तराईका विभिन्न राजनीतिक दल मिलेर बनेको राष्ट्रिय जनता पार्टीसँग सहकार्य गर्ने स्पष्ट पार्नुभयो ।
अध्यक्ष यादवले आयोगमा दर्ता भएका दलहरुलाई निर्वाचन चिह्न दिनुपर्ने बताउँदै नदिएको अवस्थामा आगामी निर्वाचनमा समझदारीका आधारमा नयाँ शक्तिलाई आफ्नो चुनाव चिह्न दिने सहमति भएको बताउनुभयो ।
मनोविद् डा. राईको पाँचौं कृति सार्वजनिक
युरोप र बेलायतबीचको सम्बन्ध सुधारका लागि नेताहरूको जोड
विश्व शान्तिमा नेपाली सेनाको गर्वलायक उपस्थिति
भूतपूर्व गोर्खा सैनिकहरुका माग सम्बोधन गर्न छलफल जारी : बेलायतको रक्षा मन्त्रालय
एनबीसी यूकेले २२ फेब्रुअरीमा घरेलु हिंसाविरुद्ध सचेतनामूलक वेबिनार आयोजना गर्ने, देवमान र लक्ष्मी प्रमुख वक्ता
नेपाली विद्यार्थीको शव स्वदेश पठाउन बेलायतमा उठ्यो साढे १० हजार पाउन्ड
बेलायतबाट डा हेमराज शर्माद्वारा एनआरएनएको अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा
नेपालका राष्ट्रपति पौडेलसमक्ष गोर्खा विग्रेडको वार्षिक प्रतिवेदन प्रस्तुत
एपस्टिनसँग म्यान्डेलसनको सम्बन्ध रहेको प्रकरणमा बेलायती प्रधानमन्त्रीका उच्च सहयोगीद्वारा राजीनामा
रामेछाप बस दुर्घटना : मृतकको संख्या १२ पुग्यो [अपडेट]