काठमाडौँ, १४ वैशाख । सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले राष्ट्रिय एकतालाई बलियो बनाउन एकै चरणमा स्थानीय तहको निर्वाचन हुनुपर्ने बताउनुभएको छ ।
रिपोर्टर्स क्लब नेपालले आज यहाँ आयोजना गरेको साक्षात्कारमा अध्यक्ष यादवले दुई चरणमा हुने स्थानीय तहको निर्वाचन राष्ट्रको हितमा नभएको बताउनुभएको हो । उहाँले भन्नुभयो – “संविधान संशोधन गरेर एकै चरणमा निर्वाचनमा जाऔँ ।”
अध्यक्ष यादवले लाखौँ जनता मतअधिकारबाट वञ्चित भएको अवस्था र स्थानीय तहको सङ्ख्या टुङ्गो नलागिसकेको अवस्थामा यसलाई समेटेर निर्वाचनमा जानुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो – “स्थानीय तहको सङ्ख्या बढाउने निर्णयबाट पछाडि हट्नु सरकारको निर्णय ‘कुहिरोभित्रको काग’ जस्तो हो ।”
उहाँले संविधान संशोधन पारित भए आगामी निर्वाचनमा आफ्नो पार्टी देशभरि चुनाव लड्ने बताउँदै निर्वाचनमा तराईका विभिन्न राजनीतिक दल मिलेर बनेको राष्ट्रिय जनता पार्टीसँग सहकार्य गर्ने स्पष्ट पार्नुभयो ।
अध्यक्ष यादवले आयोगमा दर्ता भएका दलहरुलाई निर्वाचन चिह्न दिनुपर्ने बताउँदै नदिएको अवस्थामा आगामी निर्वाचनमा समझदारीका आधारमा नयाँ शक्तिलाई आफ्नो चुनाव चिह्न दिने सहमति भएको बताउनुभयो ।
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने
यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा प्रवेशमा रोक
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान