
लन्डन । बेलायतस्थित जनस्वास्थ्य बिज्ञहरुको हालै सम्पन्न एक भेलाले नेपालको पूर्व क्षेत्रीय स्वास्थ्य निर्देशक बालकृष्ण भुषालको नेतृत्वमा ११ सदस्यीय कार्यकारी समिति तथा ६ सदस्यीय सल्लाहकार समिति गठन गरेको छ । साउथ हयारोस्थित गोल्डेनसीप रेष्टुरेन्टमा सम्पन्न भेलाले जनस्वास्थ्य बिज्ञ राजेन्द्र थापालाई उक्त कार्यकारी समितिको सदस्य सचिवमा चयन गरेको छ भने उक्त कार्यसमितिको सल्लाहकार समितिमा लिभरपुल विश्वविद्यालयका
प्राध्यापक तथा सहायक डिन डा. पदम सिम्खडा, वरिष्ठ क्यान्सर अनुसन्धानकर्ता तथा नीति निर्माण कार्यमा संलग्न सम्पूर्णानन्द ढुंगाना, वाटर एड प्रोजेक्टका वरिष्ठ अनुन्सन्धानकर्ता ओमप्रकाश गौतम, अनुसन्धानविदहरु जीव आचार्य र आलन मर्सेल सान्का एवं वरिष्ठ आंखा रोग चिकित्सक तथा जनस्वास्थ्यबिज्ञ लिलाराज पुरीलाई चयन गरिएको छ ।
साथै, कार्यकारी समितिका सदस्यहरुमा लन्डन स्कुल अफ इकोनोमिक्सका अनुसन्धानकर्ता राजेन्द्र कंडेल, खाद्य विशेषज्ञ रविन सापकोटा, स्ट्रोक नर्स बिज्ञ लक्ष्मी भण्डारी, विश्व स्वास्थ्य संगठनमा कार्यरत जनस्वास्थ्य बिज्ञ प्रतीक्षा आचार्य, अनुसन्धानकर्ताहरु रामजी तिवारी, प्रेम भट्ट, भरत कुमार श्रेष्ठ र देवी खड्का चुनिएका छन् ।
उक्त कार्य समितिले बेलायतमा विभिन्न पेसामा संलग्न भइ जनस्वास्थ्यको क्षेत्रमा विशेष योगदान पुरयाउने सम्पूर्ण व्यक्ति तथा संघसंस्थासंग समन्वय गरि बेलायतको नेपाली समाज र नेपालको स्वास्थ्य क्षेत्रमा योगदान गर्ने लक्ष्य राखेको छ । भेलाले उक्त कार्य समितिलाई संगठन निर्माण, संगठनको ढांचा तयार र आगामी कार्यक्रम तयार पार्ने जिमेवारी प्रदान गरेको छ ।
जापानमा ‘नेपाल हाउस’ निर्माणका लागि ११ करोड सङ्कलन
तनहुँ समाज यूकेद्वारा बुद्धिबहादुर गुरुङको मिर्गौला उपचारका लागि २ लाख ६० हजार रुपैयाँ सहयोग
पुडासैनी नेतृत्वको एनआरएनए यूकेको भर्चुअल बैठक: यी हुन् महत्त्वपूर्ण चार निर्णय
जापान यात्रा २०२५ : नागोयामा नेपथ्यको पहिलो कार्यक्रम सम्पन्न
बेलायतमा जुनियर चिकित्सकद्वारा पाँच दिने हड्तालको घोषणा
दिल्लीको घातक कार विस्फोटमा कम्तीमा आठको मृत्यु, फरेन्सिक टोलीद्वारा गहिरो अनुसन्धान सुरु
बेलायतमा नेपाली विद्यार्थीको सुतेकै अवस्थामा मृत्यु
दर्शकले रुचाउन थाले नेपाली चलचित्र
नेपालको राष्ट्रपतिका राजनीतिक सल्लाहकार थापा बेलायत भ्रमण सकेर स्वदेश फिर्ता
बेलायतको वेलिङटन वार्डमा डा.विशाल गुरुङ काउन्सिलर पदको उम्मेदवार