जेनेभा (स्विटजरल्यान्ड), १२ वैशाख । सन् २०१७ को जनवरीदेखि हालसम्म जम्मा ४३ हजार आप्रवासी तथा शरणार्थी भूमध्यसागरीय क्षेत्रको बाटो युरोप पुगेका अन्तर्राष्ट्रिय आप्रवासी शरणार्थी सङ्गठन आइओएमले आज सार्वजनिक एक प्रतिवेदनमा जनाएको छ ।
पछिल्लो तथ्याङ्कअनुसार सन् २०१७ मा युरोप पुग्ने धेरैजसो आप्रवासी शरणार्थीको युरोप प्रवेश इटाली हुँदै भएको बताइएको छ । इटालीमा ३६ हजारभन्दा बढी शरणार्थी यस वर्षको सुरुमा नै प्रवेश गरेका थिए ।
आइओएमले यस वर्ष अहिलेसम्म गत वर्षको सोही अवधिको तुलनामा इटाली हुँदै युरोप छिर्ने आप्रवासी सङ्ख्यामा ४५ प्रतिशतले वृद्धि हो । आप्रवासीद्वारा युरोप छिर्न प्रयोग गर्ने गरेको उत्तर अफ्रिकी तथा इटालीका सामुद्रिक बाटो यात्राका लागि सबैभन्दा खतरा बाटो हो ।
सन् २०१७ मा भूमध्यसागरीय बाटो हुँदै युरोप छिर्ने क्रममा हालसम्म एक हजार ८९ आप्रवासीको मृत्यु भएको छ ।
अमेरिकाको क्यालिफोर्नियामा धुमधामले मनाइयो सोनाम ल्होछार
नेपालमा प्रतिनिधिसभा सदस्य निर्वाचन : ३ हजार ४८४ जनाले गराए उम्मेदवारी दर्ता
टापु सम्झौतामा बेलायतको निर्णयलाई ‘ठूलो मूर्खता’ भन्दै ट्रम्पको आलोचना
नेपाल सरकारका शिक्षामन्त्री महावीर पुनद्वारा राजीनामा, म्याग्दीबाट उम्मेदवारी
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन सर्यो, अब १४-१६ मार्चमा हुने [विज्ञप्तिसहित]