बेइजिङ, १२ वैशाख । चीनमा यस वर्षको पहिलो चार महिनामा भित्र ३३ करोड नयाँ रोजगारी सृजना भएको छ । यस कारण बेरोजगारी सङ्ख्यामा कमि आएको छ ।
सरकारी अधिकारीले मङ्गलबार सार्वजनिक गरेको प्रतिवेदनमा चार महिनामा ३.९७ प्रतिशत बेरोजगारी घटेको उल्लेख गरिएको छ ।
गत वर्षको सोही अवधिको तुलनामा यस वर्ष एक लाख ६० हजारभन्दा बढी नयाँ जागिर थपिएको सरकारी अधिकारीले जानकारी दिएका छन् ।
‘चीनको रोजगारी बजारमा यस वर्षको सुरुमै बलियो अवस्था देखिएको छ, यसले पहिलो चार महिनालाइस्थिर बनाएको छ’, मानव संशाधन तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रवक्ता लु अइहोङले पत्रकार सम्मेलनमा भन्नुभयो ।
रोजगारीको सङ्ख्या बढ्नु चीनको आर्थिक क्षेत्रका लागि निकै राम्रो सङ्केत भएको अर्थविद्हरुले बताएका छन् ।
गत जनवरीदेखि मार्चसम्म ७.८ प्रतिशतले जागिरको विज्ञापन खुलेको र २.१ प्रतिशतको दरले निवेदक बढेको मन्त्रालयको तथ्याङ्क छ ।
अमेरिकाद्वारा इरानको खार्ग टापुमा ९० भन्दा बढी सैन्य लक्ष्यमा आक्रमण
गोरखामा माइक्रोबस दुर्घटना : सात जना भारतीयको मृत्यु
काठमाडौंमा वायु प्रदूषण न्यूनीकरण कसरी हुनसक्ला ? [लेख]
बेलायतमा पाँचौं ‘ए-स्टार नेपाल बास्केटबल लिग’ आइतबारदेखि
इरानद्वारा युएईको विशाल तेलभण्डार केन्द्रमा आक्रमण
बेलायत सरकारद्वारा अध्यागमन नियममा व्यापक सुधारको घोषणा
बेलायतमा काउन्सिलसँगको सहकार्यमा जीआरएनसीले मनायो अन्तर्राष्ट्रिय नारी दिवस
बेलायतमा शिम्मी पुनलाई ‘रोयल बरो अफ ग्रिनिच सिभिक अवार्ड्स’
नेपालको प्रतिनिधिसभामा आदिवासी जनजातिबाट ३२ जना निर्वाचित, कुन दलबाट कति ?
एनआरएनए यूके अध्यक्ष गाहामगरद्वारा एनआरएनए १२ औं महाधिवेशन रोक्न माग गर्दै अदालत रिट दर्ता