बेइजिङ, १२ वैशाख । चीनमा यस वर्षको पहिलो चार महिनामा भित्र ३३ करोड नयाँ रोजगारी सृजना भएको छ । यस कारण बेरोजगारी सङ्ख्यामा कमि आएको छ ।
सरकारी अधिकारीले मङ्गलबार सार्वजनिक गरेको प्रतिवेदनमा चार महिनामा ३.९७ प्रतिशत बेरोजगारी घटेको उल्लेख गरिएको छ ।
गत वर्षको सोही अवधिको तुलनामा यस वर्ष एक लाख ६० हजारभन्दा बढी नयाँ जागिर थपिएको सरकारी अधिकारीले जानकारी दिएका छन् ।
‘चीनको रोजगारी बजारमा यस वर्षको सुरुमै बलियो अवस्था देखिएको छ, यसले पहिलो चार महिनालाइस्थिर बनाएको छ’, मानव संशाधन तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रवक्ता लु अइहोङले पत्रकार सम्मेलनमा भन्नुभयो ।
रोजगारीको सङ्ख्या बढ्नु चीनको आर्थिक क्षेत्रका लागि निकै राम्रो सङ्केत भएको अर्थविद्हरुले बताएका छन् ।
गत जनवरीदेखि मार्चसम्म ७.८ प्रतिशतले जागिरको विज्ञापन खुलेको र २.१ प्रतिशतको दरले निवेदक बढेको मन्त्रालयको तथ्याङ्क छ ।
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायत र इरानका विदेशमन्त्रीबीच प्रत्यक्ष टेलिफोन वार्ता
नेपाली राजदूतावास लन्डनमा आइतबार विशेष योग ध्यान कार्यक्रम हुने
गाजा क्षेत्रमा १६ लाख मानिस गम्भीर खाद्य सङ्कटको जोखिममा : संयुक्त राष्ट्र महासचिव गुटेरेस
बेलायतको अल्डरसटमा नेपाली दूतावासको घुम्ती शिविर, राहदानी र कन्सुलर सेवा एकै ठाउँमा
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक