लण्डन ।आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) युकेको आयोजनामा पत्रकारितासम्बन्धी एक अन्तर्क्रिया सम्पन्न भएको छ ।
आशफोर्डस्थित गोरखा भिल्ला रेष्टुरेन्टमा शनिबार भएको सो कार्यक्रममा नेपाल पत्रकार महासंघ युकेका अध्यक्ष नरेश खपाङगी मगरले मिडियामैत्री कसरी हुने बारेमा प्रस्तुति दिएका थिए । यस्तै स्थानीय केन्टिस एक्सप्रेस पत्रिकाका ऐडन बर्लोले स्थानीय अखबारले नेपाली समुदायको कस्तो गतिविधिलाई समेट्छ भन्ने बारे बताएका थिए।
यसैगरी, रेडियो बिजिडब्ल्युएसका म्यानेजिङ डाइरेक्टर मेजर रिटायर्ड सोनाम छिरिङ्ग शेर्पाले आफ्नो अनुभव सुनाएका थिए । फोनिज युकेका अध्यक्ष विश्वासदीप तिगेलाको अध्यक्षता र महासचिव प्रमिला राईको सन्चालनमा भएको कार्यक्रमको उद्घाटन आदिवासी जनजाति महासंघ बेलायतका अध्यक्ष तुल छन्त्याल र सोनाम छिरिङ्ग शेर्पाले गरेका थिए ।
कार्यक्रममा स्थानीय सगरमाथा नेपाली कम्युनिटीका महासचिव डम्बर सिंघक, आदिवासी जनजाति महासंघ बेलायतका पूर्व अध्यक्ष सिरी लिम्बू, वर्तमान अध्यक्ष तुल छन्त्याल, वरिष्ठ उपाध्यक्ष जंग सुनुवार, महासचिव कर्मा पहाडी शेर्पा, एनआरएन युके प्रवक्ता खुशीमान लिम्बू, पत्रकार अमित थेवे र पुष्पा गुरूङलगायतले आफ्नो धारणा राखेका थिए।
कार्यक्रममा पत्रकार सुरेन्द्र इङनामलाई महासंघका अध्यक्ष नरेश खपाङगी मगरले इन्टरन्यासनल प्रेस कार्ड हस्तान्तरण गरे । यस्तै पत्रकार थेवेलाई लिम्बू पत्रकार मन्च युके संयोजक चयन गरियो।
मनोविद् डा. राईको पाँचौं कृति सार्वजनिक
युरोप र बेलायतबीचको सम्बन्ध सुधारका लागि नेताहरूको जोड
विश्व शान्तिमा नेपाली सेनाको गर्वलायक उपस्थिति
भूतपूर्व गोर्खा सैनिकहरुका माग सम्बोधन गर्न छलफल जारी : बेलायतको रक्षा मन्त्रालय
एनबीसी यूकेले २२ फेब्रुअरीमा घरेलु हिंसाविरुद्ध सचेतनामूलक वेबिनार आयोजना गर्ने, देवमान र लक्ष्मी प्रमुख वक्ता
नेपाली विद्यार्थीको शव स्वदेश पठाउन बेलायतमा उठ्यो साढे १० हजार पाउन्ड
बेलायतबाट डा हेमराज शर्माद्वारा एनआरएनएको अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा
नेपालका राष्ट्रपति पौडेलसमक्ष गोर्खा विग्रेडको वार्षिक प्रतिवेदन प्रस्तुत
एपस्टिनसँग म्यान्डेलसनको सम्बन्ध रहेको प्रकरणमा बेलायती प्रधानमन्त्रीका उच्च सहयोगीद्वारा राजीनामा
रामेछाप बस दुर्घटना : मृतकको संख्या १२ पुग्यो [अपडेट]