काराकास, १० बैशाख । राष्ट्रपति निकोलस मादुरोकाविरुद्धमा विगत तीन हप्ता देखि भइरहेको प्रदर्शनका क्रममा अहिले सम्म २० जनाको मृत्यु भएको छ ।
राजधानीदेखि पूर्बतर्फ आइतबार पनि सेतो कपडा लगाएका प्रर्दशनकारीहरुलाई प्रहरीले पछाडि धपाउनका लागि अश्रुग्यास प्रहार गरेको थियो ।
सरकार पक्षीय व्यक्तिहरुले प्रदशर्ननकारीहरुलाई हमला गरेको एक जना महिला पत्रकारले बताउनुभयो । मादुरोका पूर्ववर्ती ह्युगो चाभेजको कार्यकालपछि हालका केही हप्ता यता भेनेजुयलामा पहिलो पटक सडकमा प्रदर्शन भएको हो ।
प्रदर्शनकारीहरुलाई विरोधका क्रममा जान चाहेको ठाँउमा प्रवेश गर्नबाट सुरक्षाकर्मीहरुले निषेध गर्ने र पछाडि हटाउने गरिरहेका छन् ।
पछिल्ला दिनमा भेनेजुयलाको प्रतिपक्षी दलले देशका अन्य सहरहरुमा पनि प्रदर्शन गरेका छन् । ती ठाँउहरुमा पनि प्रहरी तथा अन्य राष्ट्रिय सुरक्षाकर्मीले प्रदर्शनकारीहरुलाई नियन्त्रणमा राख्ने प्रयास गरिरहेका छन् ।
विपक्षी प्रदर्शनकारीहरु चर्चसँग नजिक भएको जस्तो देखिएको छ । शान्तिपूर्ण तरिकाले लोकतन्त्रका लागि प्रदर्शन गरिएको उनीहरुले बताएका छन् ।
सेतो टि सर्टमा विषेश महत्वका साथ ‘शान्ति’ लेखिएका पहिरनमा प्रदर्शनकारी विरोधमा उत्रिएका थिए । उनीहरुले सेतो फुलहरु, भेनेजुयलाको झण्डा आदि प्रदर्शनका बेला बोकेका थिए ।
प्रदर्शनकारीहरुले आफुहरु सरकारबाट नडराएको बताएका छन् । ‘हामीले केही पाएका छैनौं, गुमाउन तयार छौं, सरकारले सवै कुरा लिईसकेको छ, हामी आत्मसम्मान सहितको जिन्दगी चाहन्छौं’, एक जना प्रदर्शनकारीले बताए ।
भेनेजुएलामा भइरहेको आन्दोलनमा सरकारी दमन बढेको भन्दै विभिन्न क्षेत्रबाट सरकारको आलोचना पनि भइरहेका बताइएको छ ।
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
नेपाल सरकार र जेनजी प्रतिनिधिबीचको सम्झौता मन्त्रिपरिषद् बैठकबाट अनुमोदन
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
नागरिकता र मताधिकारबारे गृहमन्त्री अर्याललाई सीएनसीबीजी युके र भूपूसैकस नेपालको ज्ञापनपत्र
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै