काराकास, १० बैशाख । राष्ट्रपति निकोलस मादुरोकाविरुद्धमा विगत तीन हप्ता देखि भइरहेको प्रदर्शनका क्रममा अहिले सम्म २० जनाको मृत्यु भएको छ ।
राजधानीदेखि पूर्बतर्फ आइतबार पनि सेतो कपडा लगाएका प्रर्दशनकारीहरुलाई प्रहरीले पछाडि धपाउनका लागि अश्रुग्यास प्रहार गरेको थियो ।
सरकार पक्षीय व्यक्तिहरुले प्रदशर्ननकारीहरुलाई हमला गरेको एक जना महिला पत्रकारले बताउनुभयो । मादुरोका पूर्ववर्ती ह्युगो चाभेजको कार्यकालपछि हालका केही हप्ता यता भेनेजुयलामा पहिलो पटक सडकमा प्रदर्शन भएको हो ।
प्रदर्शनकारीहरुलाई विरोधका क्रममा जान चाहेको ठाँउमा प्रवेश गर्नबाट सुरक्षाकर्मीहरुले निषेध गर्ने र पछाडि हटाउने गरिरहेका छन् ।
पछिल्ला दिनमा भेनेजुयलाको प्रतिपक्षी दलले देशका अन्य सहरहरुमा पनि प्रदर्शन गरेका छन् । ती ठाँउहरुमा पनि प्रहरी तथा अन्य राष्ट्रिय सुरक्षाकर्मीले प्रदर्शनकारीहरुलाई नियन्त्रणमा राख्ने प्रयास गरिरहेका छन् ।
विपक्षी प्रदर्शनकारीहरु चर्चसँग नजिक भएको जस्तो देखिएको छ । शान्तिपूर्ण तरिकाले लोकतन्त्रका लागि प्रदर्शन गरिएको उनीहरुले बताएका छन् ।
सेतो टि सर्टमा विषेश महत्वका साथ ‘शान्ति’ लेखिएका पहिरनमा प्रदर्शनकारी विरोधमा उत्रिएका थिए । उनीहरुले सेतो फुलहरु, भेनेजुयलाको झण्डा आदि प्रदर्शनका बेला बोकेका थिए ।
प्रदर्शनकारीहरुले आफुहरु सरकारबाट नडराएको बताएका छन् । ‘हामीले केही पाएका छैनौं, गुमाउन तयार छौं, सरकारले सवै कुरा लिईसकेको छ, हामी आत्मसम्मान सहितको जिन्दगी चाहन्छौं’, एक जना प्रदर्शनकारीले बताए ।
भेनेजुएलामा भइरहेको आन्दोलनमा सरकारी दमन बढेको भन्दै विभिन्न क्षेत्रबाट सरकारको आलोचना पनि भइरहेका बताइएको छ ।
अमेरिकाद्वारा इरानको खार्ग टापुमा ९० भन्दा बढी सैन्य लक्ष्यमा आक्रमण
गोरखामा माइक्रोबस दुर्घटना : सात जना भारतीयको मृत्यु
काठमाडौंमा वायु प्रदूषण न्यूनीकरण कसरी हुनसक्ला ? [लेख]
बेलायतमा पाँचौं ‘ए-स्टार नेपाल बास्केटबल लिग’ आइतबारदेखि
इरानद्वारा युएईको विशाल तेलभण्डार केन्द्रमा आक्रमण
बेलायत सरकारद्वारा अध्यागमन नियममा व्यापक सुधारको घोषणा
बेलायतमा काउन्सिलसँगको सहकार्यमा जीआरएनसीले मनायो अन्तर्राष्ट्रिय नारी दिवस
बेलायतमा शिम्मी पुनलाई ‘रोयल बरो अफ ग्रिनिच सिभिक अवार्ड्स’
नेपालको प्रतिनिधिसभामा आदिवासी जनजातिबाट ३२ जना निर्वाचित, कुन दलबाट कति ?
एनआरएनए यूके अध्यक्ष गाहामगरद्वारा एनआरएनए १२ औं महाधिवेशन रोक्न माग गर्दै अदालत रिट दर्ता