
काराकास, ९ वैशाख । भेनेजुयलामा विपक्षीले गरिरहेको विरोध प्रदर्शनका क्रममा अहिलेसम्म १५ जनाको मृत्यु भएको सरकारी अधिकारीले शुक्रबार पुष्टी गरेका छन् ।
शुक्रबार जारी गरिएको विज्ञप्तीमा आन्दोलनका क्रममा भएको हिंसामा परी बिहीबार राति र शुक्रबार विहान ११ जनाको काराकासमा मृत्यु भएको जनाइएको छ । अर्का एक जनाको भने मिरन्डा प्रदेशको पेटरेमा मृत्यु भएको बताइएको छ ।
गत अप्रिल १९ देखि यता यसअघि आन्दोलन र प्रदर्शनकै क्रममा तीन जनाको मृत्यु भएको थियो ।
आन्दोलनमा भएका झडपमा परी अहिलेसम्म ६८ जना घाइते भएको अधिकारीहरुले बताएका छन् ।
मृत्यु भएका घटनाको अध्ययन अनुसन्धान गर्नका लागि पाँच सदस्यीय टोली खटाइएको पनि उनीहरुले जानकारी दिएका छन् ।
भेनेजुयलामा राष्ट्रपति निकोलस माडुरोले मुलुकलाई आर्थिक र राजनीतिक सङ्कटमा पारेको भन्दै विपक्षीले उहाँका विरुद्धमा प्रदर्शन गरिरहेका छन् ।
उपराष्ट्रपति तारेक इल एैसामीले हिंसा र प्रदर्शनलाई रोक्ने प्रयास विभिन्न तरिकाबाट भइरहेको शुक्रबार पत्रकारहरुलाई जानकारी दिनुभयो ।
बेलायतद्वारा रुसको प्रतिबन्धित तेल ट्याङ्कर नियन्त्रणमा
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा
फिफा विश्वकप फुटबल : स्कटल्याण्डले हाइटीलाई हरायो
नेपाली दूतावास लन्डनले २८ जुनमा स्वीन्डनमा घुम्ती शिविर सञ्चालन गर्ने [सूचनासहित]
तमु धीं यूकेको १७औँ नेपाली मेला अगस्ट ३० मा, एम्बासडर कपदेखि सांस्कृतिक प्रतिस्पर्धा हुने
भूपू ब्रिटिश गोर्खाको मुद्दामा लन्डन दूतावासमा उच्चस्तरीय वार्ता
भूपू गोर्खा मुद्दाबारे बेलायत र नेपालका मन्त्रीको उपस्थितिमा आज लन्डनमा वार्ता
सबैले सेयर किनी नेपाली भिलेज यूके ऐतिहासिक परियोजना सफल पार्न आह्वान
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल
उत्तरी आयरल्याण्डलगायत क्षेत्रमा अशान्ति, सतर्क रहन बेलायतवासी नेपालीलाई एनआरएनए यूकेको अपिल