
काराकास, ९ वैशाख । भेनेजुयलामा विपक्षीले गरिरहेको विरोध प्रदर्शनका क्रममा अहिलेसम्म १५ जनाको मृत्यु भएको सरकारी अधिकारीले शुक्रबार पुष्टी गरेका छन् ।
शुक्रबार जारी गरिएको विज्ञप्तीमा आन्दोलनका क्रममा भएको हिंसामा परी बिहीबार राति र शुक्रबार विहान ११ जनाको काराकासमा मृत्यु भएको जनाइएको छ । अर्का एक जनाको भने मिरन्डा प्रदेशको पेटरेमा मृत्यु भएको बताइएको छ ।
गत अप्रिल १९ देखि यता यसअघि आन्दोलन र प्रदर्शनकै क्रममा तीन जनाको मृत्यु भएको थियो ।
आन्दोलनमा भएका झडपमा परी अहिलेसम्म ६८ जना घाइते भएको अधिकारीहरुले बताएका छन् ।
मृत्यु भएका घटनाको अध्ययन अनुसन्धान गर्नका लागि पाँच सदस्यीय टोली खटाइएको पनि उनीहरुले जानकारी दिएका छन् ।
भेनेजुयलामा राष्ट्रपति निकोलस माडुरोले मुलुकलाई आर्थिक र राजनीतिक सङ्कटमा पारेको भन्दै विपक्षीले उहाँका विरुद्धमा प्रदर्शन गरिरहेका छन् ।
उपराष्ट्रपति तारेक इल एैसामीले हिंसा र प्रदर्शनलाई रोक्ने प्रयास विभिन्न तरिकाबाट भइरहेको शुक्रबार पत्रकारहरुलाई जानकारी दिनुभयो ।
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
नेपाल सरकार र जेनजी प्रतिनिधिबीचको सम्झौता मन्त्रिपरिषद् बैठकबाट अनुमोदन