काबुल, ९ वैशाख । तालिबानी बन्धुकधारीहरुले अफगानिस्तानको उत्तरी शहर मजार ए शरिफमा सय भन्दा बढी सैनिकलाई मारिदिएको अफगानीस्तानको रक्षा मन्त्रालयले शनिबार जनाएको छ ।
विद्रोहीहरुले एउटा सैन्य अखडामा रहेको मस्जिदमा शुक्रबारको साप्ताहिक प्रार्थना सकेर फर्किरहेका सैनिकहरु र चमेना गृहमा नास्ता गरिरहेका अन्य सैनिकहरुलाई लक्षित गरी आक्रमण गरेको मन्त्रालयद्धारा जारी विज्ञप्तीमा उल्लेख छ ।
एक जना उच्च सैन्य अधिकारीले आक्रमणमा परी १५० जना सैनिकको मृत्यु भएको र अरु दर्जनौ घाईते भएको एएफपीलाई बताउनु भयो ।
तालेबानीहरुले आफ्ना आक्रमणकारीले विस्फोन गराएको र आत्मघाति हमलाकारीले उक्त सैन्य शिविरको सुरक्षा घेरा तोडेको बताएका छन् ।
मजार ए शरिफमा रहेको सैन्य अखडा अफगान राष्ट्रिय सेनाको २०९ औँ पल्टन बस्ने गरेको छ । अफगानिस्तानको पश्चिमी क्षेत्रमा समर्थन प्राप्त सरकारले तालीबान र अरु विद्रोही समूहसँग लामो सयमदेखि लडाइँ गरिरहेको छ ।
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?